अमेरीका सम्बन्धको ७० औ वर्षको अवसरमा नेपालमा शिक्षाको विकासमा अन्तरक्रिया

पोखरा, १७ असार /अमेरीका र नेपाल सम्बन्धको ७० औ वर्षमा प्रबेश गरेको उपल्क्षमा पोखरामा नेपालमा शिक्षाको विकासका बारेमा चर्चा गरेको छ । पोखरामा शुक्रबार आयोजना भएका कार्यक्रममा अमेरीका शिक्षा आदानप्रदान संस्थाका सदस्य बामन कुमार घिमिरेले अमेरीकन शिक्षाका बारेमा चर्चा गरे ।

उनले अमेरीका उच्च शिक्षा हासिल गर्ने जाने विद्यार्थीलाई कुनै कन्सलटेन्सी मार्फन नभै आफै प्रक्रिया सुरु गरेर जान सुझाब दिए । उनले अनलाइनका माध्येमबाट पनि अमेरीका विश्वविद्यालयमा नेपालबाटै अध्ययन गर्न सकिने बताए । नेपालका लागि अमेरीकन राजदुताबासको आयोजना तथा नेल्टा कास्कीको सहयोगमा सञ्चालीत कार्यक्रममा घिमिरेले नेपालबाट धेरै विद्यार्थीले अनलाइनका माध्येमबाट उच्च शिक्षा हासिले गरेको बताए ।

उनले विद्यालय तह, उच्च शिक्षा तह, प्राविधिक लगाएत सबै क्षेत्रमा अनलाइनबाटै शिक्षा हासिल गर्न सकिने बताए । अमेरीकले नेपालमा शिक्षा वृद्धिका लागि ठाउँ ठाउँमा सार्वजनीक पुस्तकालय सञ्चालन गरेको बताए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कास्कीका उपजिसिअ अधिकारी विष्णु प्रसाद पराजुलीले नेपालको शिक्षा विकासमा अमेरीकाले विभिन्न क्षेत्रबाट सहयोग गरिरहेको बताए ।

त्यसै गरि नेल्टा केन्द्रका सदस्य डा. शिवराम पाण्डेले अनलाइन मार्फत नेपाली विद्यार्थीलाई अध्ययन गरेर विश्वविद्यालयका प्रमाणपत्र लिन अनुरोध गरे । उनले अनलाइनबाट पनि शिक्षा लिदा विद्यार्थीको सोच्ने शक्ती फराकीलो हुने बताए । नेल्टा कास्कीका सल्लाहकार पुरन कुबँरको सभापति रहेको कार्यक्रममा नेल्टा कास्कीका सचिब मुकेश कुमार अधिकारीले स्वागत र नेल्टा कास्कीका तालिम संयोगक डिल्लिराम भट्टराईले सञ्चालन गर्नु भएको थियो ।

अमेरीका र नेपाल विच सन् १९४७ मा सम्बन्ध गासिएको थियो । ७० औ वर्षका अवसरमा प्रत्येक महिना फरक फरक विषयमा दुताबासले नेपालमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यत्तिहरु सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...