शेष घलेको नक्कली छोरा पोखरामा पक्राउ

पोखरा, ९ जेठ /वडा प्रहरी कार्यालय बैदामले अमेरिका पठाई दिन्छु भन्दै ठगी गर्नेलाई पोखराबाट पक्राउ गरेको छ । तनहुंको मनपाङ २ शेराटार घर भई हाल चितवनको पार्वतीपुर बस्ने राज भन्ने चित्र कुमार श्रेष्ठलाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।

आकाश घलेको नामको फेसबुक तथा भाईवरबाट केटी साथीहरु बनाई आफु शेष घलेको छोरा आकाश घले भएको र हाल अमेरिकामा बस्दै आएको भन्दै ठगि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । केटीहरुलाई अमेरिका आउने हो भने नेपालमा मेरो साथी छ उसलई भेटनुस भनेर सम्पर्क नम्बर लिने र आफै आकाश घलेको साथी बनि भेटने र केटीहरुलाई अमेरिका पठाई दिने आश्वासन दिदै ठगी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

श्रेष्ठलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक सोधपुछको क्रममा निज कुमार श्रेष्ठ बिगत १० बर्ष देखि मलेसियामा अवैध कामदारका रुपमा रही बैशाख २५ गते नेपाल फर्किएका थिए । निजले फेसबुक तथा भाईवरबाट केटी साथीहरु बनाई बिभिन्न बहानामा ठगी गर्ने गरेको स्वीकारेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...