यदुनाथलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, ८ मंसिर / युआरएल पत्रकारिता पुरस्कारबाट पत्रकार यदुनाथ वञ्जारा सम्मानित हुने भएका छन् । पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले स्थापना तथा सञ्चालन गरेको पुरस्कारको राशि नगद १५ हजार, ताम्रपत्र र दोसल्ला छ ।

गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाइ कम्तीमा ५ वर्षदेखि पत्रकारितामा क्रियाशील पत्रकारलाई वर्षेनी यो पुरस्कार प्रदान गरिन्छ । पत्रकार बञ्जारा पोखराबाट प्रकाशित सराङकोट साप्ताहिकका सम्पादक हुन् ।

अग्रज पत्रकार राजबहादुर गुरुङ संयोजक र जिएमसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, नागरिक अभियन्ता रामबहादुर पौडेल, स्वास्थ्य पत्रकार ऋषि खतिवडा र नेपाल पत्रकार महासंघ कास्कीका प्रतिनिधि कमल पौडेल अथक सदस्य रहेको प्रतिभा छनोट समितिले बञ्जारालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

युआरएलको पाँचौं वार्षिकोत्सवमा मंसिर २३ गते हुने विशेष समारोहमा पुरस्कार अर्पण गरिने युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए ।

कमेन्टहरु
Loading...