शनिबार मालेपाटनमा सुगर, थाइराइड जाँच हुने

पोखरा, २४ साउन/सूर्यचन्द्र विकास समाज र नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखाले संयुक्त रुपमा शनिबार पोखरा ५ मालेपाटनमा सुगर तथा थाइराइड जाँच शिविर आयोजना गर्ने भएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि९युआरएल०ले प्राविधिक सहयोग गर्ने कार्याक्रममा सुगर र थाइराइडसम्बन्धी रक्त परीक्षण सित्तैमा गरिनेछ ।

शिविरमा मधुमेह, थाइराइड तथा हर्मोन विशेषज्ञ डाक्टर तारा कोइरालाले मधुमेह र थाइराइड लाग्नुका कारण, रोग लाग्नै नदिन अपनाउनुपर्ने सजगता र उपचार पद्धतिबारे प्रकाश पार्ने छन् ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले अहिलेसम्म युआरएलले विभिन्न संघ, संस्थासँग मिलेर गरेका शिविरमा ३० हजार बढीको निशुल्क परीक्षण गरिसकिएको बताए । उनले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवासम्म पहुँच पु¥याउन स्वास्थ्य संस्थाहरुले सामाजिक दायित्व र सेवा भावका साथ कार्य गर्नुपर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...