युआरएल पत्रकारिता पुरस्कार छनोट समिति गठन

पोखरा, २८ कात्तिक/ युआरएल पत्रकारिता पुरस्कार २०७५ प्रदान गर्न प्रतिभा छनोट समिति गठन गरिएको छ ।

पत्रकार राजबहादुर गुरुङ संयोजक रहेको समितिका सदस्यमा जिएमसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, अधिकारकर्मी रामबहादुर पौडेल, पत्रकार ऋषि खतिवडा र नेपाल पत्रकार महासंघ कास्की सदस्य कमल पौडेल ‘अथक’ छन् ।

पोखरा सभागृह चोकमा रहेको युनाइडेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले स्थापना तथा सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद १५ हजार र ताम्रपत्र छ । गण्डकी प्रदेशमा स्वास्थ्यका विषयमा कलम चलाउने १ पत्रकारलाई वर्षेनी यो पुरस्कार प्रदान गरिन्छ ।

युआरएलको पाँचौं वार्षिकोत्सव मंसिर २३ गते हुने समारोहमा पुरस्कार प्रदान गरिने युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए ।

कमेन्टहरु
Loading...