उपसभामुखद्धारा जन्मोत्सवमा सहयोग

पोखरा,१ फागुन /गण्डकी प्रदेशका उपसभामुख श्रृजना शर्माले आप्mनो जन्मोत्सवका अवसरमा पोखरा महानगरपालिका वडा नं. १५ टुटुङगास्थित परोपकार महासंघलाई आर्थिक सहयोग गर्नुभएको छ ।

शिक्षा क्षेत्रको सहयोगार्थ स्व. आमा चन्द्रमाया पोखरेलको स्मरणमा महासंघको कार्यालयमा गुरुकुलका प्राचार्य राजु बडालललाई एक कार्यक्रमकाबीच आज १५ हजार ५० रुपैया सहयोग हस्तान्तरण गर्नुभएको हो ।

उक्त अवसरमा उपसभामुख शर्माले गुरुकुलका बटुकलाई दक्षिणा सहित फलफुल वितरण गर्नुभएको थियो । महासंघले २०६६ सालदेखि उक्त स्थानमा कक्षा १० सम्म आवाशीय गुरुकुल सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा उपसभामुख श्रृजना शर्माले महासंघले सामाजिक सेवाका क्षेत्रमा गर्दै आएको योगदान प्रशंसनीय भएको बताउँदै यसको विकासका लागि आफ्ना तर्फबाट सक्दोृ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

महासंघका महासचिव विष्णुप्रसाद पौडेलका अनुसार गुरुकुल र बालआश्रममा हाल ४५ जना बटुकहरु अध्ययन गर्दै आएका छन् । तस्वीर उपलव्ध छ ।

कमेन्टहरु
Loading...