उपनिर्वाचनले दलको हैसियत थाहा हुन्छ- प्रमुख निर्वाचन आयुक्त थपलिया

सागर राज तिमिल्सिना
पोखरा, १७ कात्तिक / प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनका लागि निर्वाचन आयोग तयार भएको बताएका छन् ।

पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्दै थपलियाले उपनिर्वाचन सबै दलहरुलाई सहभागी हुन अनुरोध गरे ।

निर्वाचन कार्यालय कास्की २ नम्रब क्षेत्र
निर्वाचन कार्यालय कास्की २ नम्रब क्षेत्र

उनले अहिले निर्वाचन प्रतिप्रधि हुने भन्दै दलहरुले आफ्नो अस्तित्व र हैसियत देखाउन माध्यम बन्ने बताए । उनले दलहरुले आफ्ना एजेण्डाहरु स्थापित गर्न उपनिर्वाचन माध्येम बन्ने बताए ।

उनले गण्डकी प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा दुबैको उपनिर्वाचन हुन लागेको बताउदै आयोगले ध्यानपुर्वक हेरेको बताए । उनले आचार सहितालाई कडाका साथ लागु गर्ने बताए ।

आचार सहिता बनि सकेको भन्दै अघिल्ला निर्वाचनमा भन्दा फरक गर्ने तयारी रहेको उनको भनाई छ ।

उनले मतपत्र डिजाइन, विभिन्न समिति गठन गर्ने, मतदाता शिक्षा, ५ वटा कार्यविधि बनाउने लगाएताका काम भइरहेको जानकारी दिए ।

निर्वाचन कार्यालय कास्की
निर्वाचन कार्यालय कास्की

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन् । पोखरा महानगरपालिका ११ जिल्ला रहेको कास्की २ मा ३२ निर्वाचन स्थल र ९२ मतदान केन्द्र रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय कास्की कै भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय खुलेको हो ।

कमेन्टहरु
Loading...