युनाईटेड क्लवको पूर्व क्षेत्र भ्रमण फलदायी

पोखरा २५ चैत्र​। पोखरामा रही सामाजिक काममा छुट्टै स्थान हासिल गर्न सफल युनाइटेड क्लवले आफ्ना पदाधिकारी, आजीवन सदस्य र साधारण सदस्यहरुलाई पूर्व क्षेत्रको भ्रमण गराएको छ । पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रर्वद्धन संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लवले आफ्ना आजीवन सदस्यहरुलाई भ्रमणको माध्यामबाट केही सिक्नुपर्छ भन्ने उद्देश्यले आयोजना गरेको चार दिने भ्रमणको क्रममा पूर्वी नेपालको धरान र इलाम जिल्ला संगै जनकपुरका विभिन्न ठाउहरुको अवलोकन भ्रमण सम्पन्न गरेको क्लवका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

क्लवले प्रत्येक वर्ष विभिन्न पर्यटकीय महत्व बोकेको ठाउहरुमा आफ्ना सदस्यहरुलाई भ्रमण गराउने गरेको र यो वर्षा पूर्वी नेपालको धरानका पर्यटकीय गन्तब्यहरु बुढासुब्बा, पञ्चकन्या, भेडेटार इलामको माइपोखरी, फिक्कल बजार र कन्याम, कोशी ब्यारेज र जनकपुरको रामजनकी मन्दिरको अवलोकन भ्रमण गरिएको गुरुङले जानकारी दिए ।

पोखरा आफैमा पर्यटकीय शहर भएतापनि पोखरा भन्दा बाहिर नाम चलेका पर्यटकीय गन्तब्यवहरुको अवलोकन र जानकारी गराउने उद्देश्यले आयोजना गरेको भ्रमण निकै फलदायी बनेको क्लवका प्रथम उपाध्यक्ष तथा भ्रमण दलका संयोजक राजु श्रेष्ठले वताए । श्रेष्ठका अनुसार भ्रमणको क्रममा केही मानव निर्मित र केही प्राकृतीक ठाउहरुको बारेमा जान्ने र बुझ्ने मौका भ्रमणमा सहभागीहरुले पाएको र आगामी दिनमा युनाईटेड क्लवले नेपालका अन्य भु भागहरुमा समेत अवलोकन भ्रमणलाई निरन्तरता दिने वताए ।

क्लवले पोखरा महोत्सवको आयोजना सामाजिक काम मात्र नभइ आफ्ना सदस्यहरुलाई भ्रमणको आयोजना गरी केही कुरा सिक्नुपर्छ भन्ने उद्देश्यले आयोजना गरेको भ्रमण निकै फलदायी बनेको वताउदै क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापाले यो पटकको भ्रमणबाट सदस्यहरुले नेपालको पूर्व क्षेत्रको पर्यटकीय गन्तब्यहरुको वारेमा राम्रो संग जान्ने मौका पाएको वताए ।

भ्रमणका क्रममा नेपालकै प्रमुुख पर्यटकीय गन्तब्य इलामको चिया बगान, भेडेटार, माइपोखरी जस्ता ठाउहरुकोे बारेमा प्रत्यक्ष अवलोकन संगै जान्ने र बुझ्ने मौका पाएको र युनाईटेड क्लवकै पहलमा पोखराको पचभैयामा जुलोजिकल पार्कको निर्माण जारी रहेकाले भ्रमणले पोखराको नया पर्यटकीय गन्तब्य पचभैयालाई अझै ब्यवस्थित बनाउनलाई थप उर्जा समेत मिलेको युनाइटेड क्लवका संस्थापक अध्यक्ष तथा पोखरा जुलोजिलक पार्कका अध्यक्ष हिमालय बख्रेलले वताए । चैत्रको १९ देखी २३ गते सम्म चलेको भ्रमणमा क्लवका पदाधिकारी, आजीवन सदस्य र साधारण सदस्यहरु गरी ३३ जनाको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...