युनाइटेड क्लवको टोलीद्धारा चितवन राष्ट्रिय निकुञ्जको अवलोकन

पोखरा, ६ असार /पर्यटकीय शहर पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी गर्दै आएको पोखराको युनाइटेड क्लवका पदाधिकारीहरुले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन । स्थापना कालदेखीनै पोखरामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गर्दै आएको युनाइटेड क्लवका पदाधिकारी, साधारण सदस्य तथा सल्लाहकारहरु सम्मिलित टोलीले हालै चितवन राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण गरेका हुन ।

पोखरामा खुल्ला चिडियाखानाको अवधारणा अनुसार लेखनाथको पचभैयामा युनाइटेड क्लवको पहलमा चिडियाखाना निर्माणको काम शुरु भएको र त्यसैलाई मध्येनजर गरी बन्यजन्तुको बसोवास तथा उनीहरुको चरण क्षेत्रको बारेमा जानकारी लिने उद्देश्य अनुसार भ्रमण फलदायी भएको युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले वताए ।

भ्रमणको क्रममा निकुञ्ज भित्र बसोबास गर्ने जलचर र जंगली जनावरहरुको बारेमा निकुञ्जका ब्याक्तिहरु संग भेटघाट गरी जानकारी लिनुका साथै भ्रमण टोलीले निकुञ्जमा रहेका जनवार तथा पंक्षीहरुको बारेमा समेत प्रत्यक्ष अवलोकन गरेको र आफुहरुको उद्देश्य पुरा गर्नका लागी भ्रमणले ठूलो टेवा प्रदान गर्नेमा आफुहरु विश्वस्त रहेको बख्रेलको भनाइ रहेको छ ।

युवाहरुको जुझारु टीम समाजमा केही गर्नुपर्छ भनेर ८ वर्ष अगाडीदेखी लागी परेर हरेक वर्ष भ्रमणको आयोजना गरीे सामुदायिक वनमा सञ्चालित चिडियाखाना, संस्थाद्धारा सञ्चालित बन्यजन्तु संरक्षण पार्क र चिडियाखानाहरुको अवलोकन गर्दै हिड्ने गरेको क्लवका अध्यक्ष सुक बहादुर गुरुङले वताए । पछिल्लो पटक राष्ट्रिय निकुञ्जको अवलोकन गर्ने अवसर मिल्दा आफुहरुले सोचेको भन्दा वढी उपलब्धी हासिल गर्न सफल भएको र क्लवको पहलमा पोखरामा निर्माणाधिन अवस्थामा रहेको चिडियाखाना निर्माणका लागी थप सल्लाह र सुझावहरु संकलन गर्न पाएको गुरुङको भनाइ रहेको थियो ।

पोखराबाट शुरु भएको भ्रमणले जंगली जनावरको बारेमा मात्र नभइ पाल्पाको रानीमहल, भीमसेन मन्दिर, नवलपरासीको शास्वत धाम जस्ता ठाउहरुको अवलोकनले क्लवका सदस्यहरुलाई पुनर्ताजगी गराउन सफल भएको क्लवका महासचिव राजु श्रेष्ठले वताए । महोत्सवकै आयोजना गरी पोखरामा सामाजिक काम मात्र नभइ क्लवका सदस्यहरुलाई नया नया ठाउहरुको अवलोकन गराउने उद्देश्यले आयोजित भ्रमण सफल भएको भ्रमणका संयोजक गणेश तिमिल्सिनाले वताए ।

कमेन्टहरु
Loading...