युनाइटेड क्लवद्धारा बात्स्यायन बृद्धाश्रमलाई सहयोग, मंगलबार सेती नदी सरसफाई

पोखरा ०४ बैशाख /युनाइटेड क्लवले आफ्नो साताब्यापी कार्यक्रम अन्तर्गत सोमबार पोखरा १४ बाच्छीबुडुवामा रहेको बात्स्यायन बृद्धाश्रमलाई सहयोग रकम प्रदान गरेको छ । क्लवले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको साताब्यापी कार्यक्रमको तेश्रो दिन सोमबार बात्स्यायन बृद्धाश्रममा सहयोग रकम तथा बृद्धबृद्धाहरुलाई फलफुल बितरण गरेको बृद्धाश्रम सहयोग कार्यक्रमका संयोजक कार्यसमिती सदस्य सावित्री थापाले जानकारी दिइन ।

बात्स्यायन बृद्धाश्रम पुगेका युनाइटेड क्लवका पदाधिकारीहरुले बृद्धाश्रमका उपाध्यक्ष रेशम जिसी लाई नगद १५ हजारको चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा वोल्दै बृद्धाश्रमका उपाध्यक्ष रेशम जिसीले युनाइटेड क्लवले सामाजिक क्षेत्रमा पु¥याएकोे योगदान श्रहानिय रहेको वताउदै सहयोगको क्रममा बात्स्यायन बृद्धाश्रमलाई पनि सम्झेकोमा हार्दिक आभार ब्यक्त गरे । युनाइटेड क्लवको सामाजिक अभियानलाई आफुले ब्याक्तिगत तथा संस्थागत रुपमा सहकार्य गरेर अगाडी वढ्ने समेत जिसीले प्रतिवद्धता ब्यक्त गरे । वि.सं. २०६८ सालमा स्थापना भएको वृद्धाश्रममा हाल १४ जना बृद्धबृद्धाहरु आश्रित रहेका छन ।

सो अवसरमा वोल्दै क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइेटड क्लवले स्थापना कालदेखिनै पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणको अभियानमा लागेको र सो अभियान अन्तर्गत अहिले पहिलो चरणमा पोखरा लेखनाथको पचभैयामा बन्यजन्तु उद्धार केन्द्र निर्माण सम्पन्न भएको र आगामी वैशाख ७ गते क्लवको वार्षिकोत्सवको अवसर पारी उद्घाटन गरिने वताए । युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले युनाइटेड क्लवले स्थापना कालदेखिनै सामाजिक काममा अगाडी वढिरहेको र सातौ वार्षिकोत्सवको अवसर पारी बैशाख २ देखि ७ गते सम्म पोखरामा विभिन्न सामाजिक क्रियाकलापहरु गरिरहेको वताए ।

क्लवले वार्षिकोत्सवको अवसर पारी मंगलबार पोखराको बीच भागबाट बग्ने सेती नदी संरक्षण कार्यक्रम अन्तर्ग सरसफाइ कार्यक्रमको आयोजना गरिएको क्लवका महासचिव तथा सेती संरक्षण अभियान कार्यक्रमका संयोजक राजु श्रेष्ठले जानकारी दिए । सेतीनदी संरक्षण कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दिर्घनारायण पौडेलको प्रमुख आतिथ्यतामा रंगशाला गेटबाट सेती नदी संरक्षणको कार्यक्रम शुरु हुने समेत श्रेष्ठले वताए ।

साताब्यापी कार्यक्रम अन्तर्गत वैशाख ६ गते महेन्द्र मावि लामाचौर घार्मीमा छात्रबृद्धि अक्षयकोष स्थापना कार्यक्रम र अन्तिम दिन ७ गते पोखरा लेखनाथ ३१ पचभैयामा चिडियाखाना निर्माणको लागी रकम हस्तान्तरण तथा प्रस्तावित अन्तराष्ट्रिय चिडियाखाना भित्र निर्माण सम्पन्न भएको तथा बन्यजन्तु उद्धार केन्द्रको उद्घाटन र सांझ अमरसिंह चोकमा दिप प्रज्वलन कार्यक्रम गरिने साताब्यापी कार्यक्रमका संयोजक तथा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...