अनेरास्ववियु पृथ्वीनारायणको आग्रह

पोखरा, २४ माघ/स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसले विद्यार्थीकै हितका लागि आयोजना गर्न लागेको कार्यक्रम अवरोध गर्ने केही विद्यार्थी संगठनको षडयन्त्रप्रति अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिले ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यार्थीमा अन्तरनिहित खेल प्रतिभा प्रष्फुटन गराउन पृथ्वीनारायण क्याम्पस स्ववियुले आयोजना गर्न लागेको सप्ताहव्यापी खेलकुद कार्यक्रमलाई अवरोध पुर्याउन क्याम्पसभित्रका क्रियाशी केही विद्यार्थी संगठनहरु स्ववियु कै गरिमालाइ झुकाउन उद्धत रहेको भन्दै आफ्नो संगठनको ध्यानाकर्षण भएको अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष आर्शिवाद सुवेदीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वतन्त्र विद्यार्थी युनियनका गतिविधिहरु नियमित हुन नसक्दा विद्यार्थी आन्दोलन कमजोर हुने भन्दै स्ववियुको रचनात्मक गतिविधिहरुलाई संचालन गर्न सहयोग गर्न सम्पुर्ण विद्यार्थी, कर्मचारी, प्राध्यापक एवं संघ संस्थाहरुलाई सहयोग गर्न समेत विज्ञप्ति मार्फत अध्यक्ष सुवेदीले आग्रह छ ।

कमेन्टहरु
Loading...