एमाले कास्कीले गाउँपालिकाका वडा अध्यक्ष र सदस्यका उमेद्वार छनौट (नाम सहित)

पोखरा, १५ बैशाख /एमाले कास्कीले कास्कीका चार वटै गाँउपालिकका वडा अध्यक्ष र सदस्यहरुको उमेद्वारको छनौट गरेको छ । एमालेका गाँउपालिकाका वडा कमिटि र क्षेत्रीय कमिटिबाट सिफारिस भएर आएका नामका आधारमा एमाले कास्कीको बुधबार बसेको सचिवालय बैठकले चार वटै गाँउपालिकाका वडा अध्यक्ष, वडा सदस्य, खुल्ला महिला र दलित महिला सदस्यहरुको नाम टुङगो लगाएको छ ।

एमाले कास्कीले मार्दी गाँउपालिका अन्र्तगत वडा नम्वर १ को वडा अध्यक्षमा सुरज गुरुङ, वडा सदस्यमा भिमराज गुरुङ, टिकाराम गुरुङ, उत्पीडित महिला सदस्यमा रुपा नेपाली, खुला महिला सदस्यमा उम्मेदवार छनोट गरेको छैन । उक्त ठाँउमा भेग मिलाउनुपर्ने भएकाले खाली रहेको एमाले स्रोतले जनाएको छ ।

वडा नम्वर २ को अध्यक्षमा एक्कजंग गुरुङ, वडा सदस्यमा डिलबहादुर गुरुङ, देवान गुरुङ, उत्पीडित महिला सदस्यमा विन्दुकुमारी परियार र खुला महिला सदस्यमा कल्पना गुरुङ चयन भएका छन् । वडा नम्वर ३ को अध्यक्षमा ज्यामप्रसाद गुरुङ, वडा सदस्यमा सुर्यबहादुर गुरुङलाई मात्र चयन गरेको छ भने उत्पीडित महिला सदस्यमा लक्षिना सुनार र खुला महिला सदस्यमा विष्णुमाया सापकोटा उम्मेदवार हुने पक्का भएको छ । वडा नम्वर ४ को अध्यक्षमा सत्यराज सापकोटा, वडा सदस्यमा शिवप्रसाद सापकोटा, बृद्धिसागर सापकोटा, उत्पीडित महिलना सदस्यमा कल्पना सुनार र खुला महिला सदस्यमा विन्दुकुमारी रानाभाट छन् ।

वडा नम्वर ५ को अध्यक्षमा सुब्बा गुरुङ, वडा सदस्यमा रिमबहादुर रानामगर, मिलन गुरुङ, उत्पीडित महिलला सदस्यमा कमला सुनार, खुला महिला सदस्यमा विष्णुमाया सापकोटा उम्मेदवार भएका छन् । वडा नम्वर ६ को अध्यक्षमा पसबहादुर बास्तोला, वडा सदस्यमा शिव बराल, बलबहादुर राना,उत्पीडित महिला सदस्यमा सुन्दरी परियार र खुला महिला सदस्यमा शिव त्रिपाठीलाई छनोट गरेको छ ।वडा नम्वर ७ को अध्यक्षमा बालकृष्ण गुरुङ, वडा सदस्यमा नारायाण सापकोटा, विरबहादुर परियार, उत्पीडित महिला सदस्य बेलसुब्बा वि।क, खुला महिला सदस्य विष्णुकुमारी गुरुङ छनोट भए ।

वडा नम्वर ८ को अध्यक्षमा चन्द्रबहादुर सुवेदी वडा सदस्यमा खुशबहादुर गुरुङ, धनबहादुर बराल, उत्पीडित महिला सदस्यमा विष्णुमाया नेपाली, खुला महिला सदस्यमा थमनकुमारी गुरुङ छन् । वडा नम्वर ९ को अध्यक्षमा मिनबहादुर गुरुङ, वडा सदस्यमा कृष्णमुरारी अधिकारी, रामचन्द्र अधिकारी, उत्पीडित महिला सदस्यमा फुलमाया वि।क। र खुला महिला सदस्यमा चन्द्रकुमारी अधिकारीलाई चयन गरेको छ ।वडा नम्वर १० को अध्यक्षतमा कुलप्रसाद गुरुङ, वडा सदस्यमा विष्णुप्रसाद गौतम उत्पीडित महिला सदस्यमा मिना परियार र खुला महिला सदस्यमा विष्णुमाया सुवेदी छनोट भएका छन् । वडा नम्वर ११ को अध्यक्षमा अमृत गुरुङ र वडा सदस्यमा धनबहादुर कार्की छनोटमा परेका छन् । वडा नम्वर १२ को अध्यक्षमा मेघनाथ बराल, वडा सदस्यमा इन्द्रबहादुर खत्री, सुर्यबहादुर रानाभाट, उत्पीडित महिला सदस्यमा सिताकुमारी परियार र खुला महिला सदस्यमा सरीता पौडेललाई उम्मेदवार बनाएको छ ।

माछापुच्छे« गाँउपालिका अन्र्तगत वडा नम्वर १ को अध्यक्षमा अनुप गुरुङ, वडा सदस्यमा देबबहादुर पुन, सुर्य गुरुङ, उत्पीडित महिला सदस्य शर्मीला परियार र खुला महिला सदस्यमा भिमकुमारी पुन चयन भएका छन् । वडा नम्वर २ को अध्यक्षमा विक्रम गुरुङ, वडा सदस्यमा भाईराम तामाङ, विष्णुकुमारी पुन, उतपीडित महिला सदस्यमा सुनीता परियार र खुला महिला सदस्यमा केशकुमारी गुरुङ छानिए । वडा नम्वर ३ को अध्यक्षमा सुर्यप्रसाद लम्साल, वडा सदस्यमा रणबहादुर कार्की, रेशमकुमार नेपाली, उत्पीडित महिला सदस्य फुलमाया नेपाली, खुला महिला सदस्य धनकुमारी पोखरेल उम्मेदवार हुने पक्का भएको छ ।

वडा नम्वर ४ को अध्यक्षमा पूर्णबहादुर शाही, वडा सदस्यमा विष्णुप्रसाद पौडेल, शंकर नेपाली, उत्पीडित महिला सदस्यमा हिरादेवी सुनार र खुला महिला सदस्यमा शान्ती अधिकारी रहेका छन् ।वडा नम्वर ५ को अध्यक्षमा जुमबहादुर गुरुङ,वडा सदस्यमा आशबहादुर नेपाली, राशबहादुर राना, उत्पीडित महिला सदस्यमा विवा कि।क।, खुला महिला सदस्यमा गिता लामिछाने छनोटमा परेका छन् । वडा नम्वर ६ को अध्यक्षमा हरिशचन्द्र ढुङगाना, वडा सदस्यमा राशबहादुर नेपाली, नन्दलाल गौतम, उत्पीडित महिला सदस्यमा रत्न नेपाली र खुला महिला सदस्यमा विष्णुमाया अधिकारी चयन भएका छन् ।

वडा नम्वर ७ को अध्यक्षमा समबहादुर गुरुङ, वडा सदस्यमा बावुराम भण्डारी, कृष्ण भण्डारी, उत्पीडित महिला सदस्यमा देवाकुमारी वि।क र खुला महिला सदस्यमा रेनुका परियार छनोट भए ।वडा नम्वर ८ को अध्यक्षमा कृष्णप्रसाद दवाडी,वडा सदस्यमा नविन रानामगर, गिरीधारी दाहाल, उत्पीडित महिला सदस्यमा उजेली नेपाली र खुला महिला सदस्यमा पुष्पकुमारी गुरङ छन् । वडा नम्वर ९ को अध्यक्षमा दुर्गाबहादुर क्षेत्री,वडा सदस्यमा कृष्णबहादुर गुरुङ, रुद्रप्रसाद सुवेदी, उत्पीडित महिला सदस्य रुवी वि।क।र खुला महिला सदस्यमा मधुमाला तामाङलाई उम्मेदवार बनाउने भएको छ ।

त्यस्तै अन्नपूर्ण गाँउपालिका वडा नम्वर १ को अध्यक्षमा केदारनाथ अधिकारी, वडा सदस्यमा बालाकृष्ण केसी, रामबहादुर केसी, उत्पीडित महिला सदस्यमा सुमित्रा परियार र खुला महिला सदस्यमा पार्वती बस्नेत कुवर, वडा नम्वर २ को अध्यक्षमा चुडामणी अधिकारी, वडा सदस्यमा देवराज भण्डारी, शिव भण्डारी, उत्पीडित महिला सदस्यमा विवा सुनार, खुला महिला सदस्यमा कृष्णकुमारी अधिकार छनोट भएका छन् । वडा नम्वर ३ को अध्यक्षमा चन्द्रबहादुर गुरुङ, वडा सदस्यमा रामजीप्रसाद पौडेल, कृष्णबहादुर केसी, उत्पीडित महिला सदस्य हरिमाया वि।क। र खुला महिला सदस्यमा कमला के।सी उम्मेदवार हुने छन् ।

वडा नम्वर ४ को अध्यक्षमा ताईकाजी गुरुङ, वडा सदस्यमा तुलसीप्रसाद पोखरेल, हिरालाल गुरुङ, उत्पीडित महिला सदस्यमा ज्योती वि।क, खुला महिला सदस्यमा तिलकुमारी केसी छानिएका छन् । वडा नम्वर ५ को अध्यक्षमा अर्जुनबहादुर के।सी, वडा सदस्यमा दामोदर पौडेल बैरागी र चन्द्रबहादुर बिक, उत्पीडित महिला सदस्यमा गौमाया वि।क। र खुला महिला सदस्यमा दुर्गा गिरीको नाम छनोट भएको छ । वडा नम्वर ६ को अध्यक्षमा लिलादेवी देवकोटा, वडा सदस्यमा गोपाल देवकोटा, राजु गुरुङ, उत्पीडित महिला सदस्यमा विष्णुमाया विक र खुला महिला सदस्यमा पवित्रा देवकोटा छानिएका छन् ।

वडा नम्वर ७ को अध्यक्षमा घनश्याम चापागाई, वडा सदस्यमा कर्णबहादुर गुरुङ, कृष्ण थापा मगर, उत्पीडित महिला सदस्यमा चिजकुमारी वि।क, खुला महिला सदस्यमा छत्रकुमारी गुरुङ चुनावी मैदानमा होमिने छन् । वडा नम्वर ८ को अध्यक्षमा धमदत्त पौडेल, वडा सदस्यमा बेदकुमार न्यौपाने, प्रेमबहादुर गुरुङ, उत्पीडित महिला सदस्यमा पन्चकुमारी वि।क, खुला महिला सदस्यमा गंगाकुमारी गुरुङ छानिएका छन् ।

वडा नम्वर ९ को अध्यक्षमा पृथ्वीलाल जैसी, वडा सदस्यमा लोकबहादुर पुन९विकास०,पूर्णबहादुर राई, उत्पीडित महिला सदस्यमा सन्तुष्टि विक र खुला महिला सदस्यमा चन्द्रकुमारी गुरुङको नाम उम्मेदवार बन्ने भएका छन् । वडा नम्वर १० को अध्यक्षमा कुमार गुरुङ, वडा सदस्यमा अर्जुन वि।क।, हरि गुरुङ, उत्पीडित महिला सदस्यमा कमला नेपाली र खुला महिला सदस्यमा रिता क्षेत्री छनोट भएका छन् । वडा नम्वर ११ को अध्यक्षमा हिम गुरुङ, वडा सदस्यमा इन्द्रमणी शर्मा, रुद्र क्षेत्री, उत्पीडित महिला सदस्यमा प्रमिला विक र खुला महिला सदस्यमा जगनमाया गुरुङको नाम छनोट गरेको छ ।

त्यस्तै रुपा गाँउपालिका वडा नम्वर १ मा सोमबहादुर सुनारी, वडा सदस्यमा तिलक खड्का र कृष्ण कुमार श्रेष्ठ, दलित महिला सदस्यमा आशामाया विक, खुला महिला सदस्यमा बिमला खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । वडा नम्वर २ को अध्यक्षमा श्रीकृष्ण सुवेदी, वडा सदस्यमा नन्दलाल ओझा, बद्री ओझा, उत्पीडित महिला सदस्यमा हिरा रुपाखेती र खुला महिला सदस्यमा अनिता रानालाई उम्मेदवार तोकेको छ ।

वडा नम्वर ३ को अध्यक्षमा रामजी अधिकारी, वडा सदस्यमा रुकबहादुर कुमाल, भगवती शाही, उत्पीडित महिला सदस्यमा शनीसरा वि।क। र खुल्ला महिला सदस्यमा मन्जु के।सी छनोट भएका छन् । वडा नम्वर ४ को अध्यक्षमा मुकुन्दबहादुर बंशी, वडा सदस्यमा रविन्द्र बंशी, मधुमाया शाही, उत्पीडित महिला सदस्यमा मनमाया विक, खुला महिला सदस्यमा विजया राना रहेका छन् ।

वडा नम्वर ५ को अध्यक्षमा टेकबहादुर गुरुङ, वडा सदस्यमा राजन खनाल, सन्तोष श्रेष्ठ, उत्पीडित महिला सदस्यमा मेलिना नेपाली र खुला महिला सदस्यमा राधा बसौला रहेका छन् । वडा नम्वर ६ को वडा अध्यक्षमा नारायण गुरुङ, वडा सदस्यमा क्या हर्कबहादुर गुरुङ, विष्णु गुरुङ, उत्पीडित महिलना सदस्यमा आइतीमाया सार्की, खुला महिला सदस्यमा बुद्धिमाया गुरुङलाई उम्मेदवार बनाउने भएको छ ।

कमेन्टहरु
Loading...