विभूतिमा उद्घोषण कला प्रतियोगिता

पोखरा २, असोज/पोखराको रामबजार स्थित लेखनाथ विभूति सेकेण्डरी बोर्डिङ स्कुलमा उद्घोषण कला प्रतियोगिता सम्पन्न भएको छ । एलकेजीबाट आकृति वाग्ले प्रथम, श्रेया गुरुङ द्धितिय र अमिन थापा तृतीय हुन सफल भएका छन् । यसैगरि कक्षा युकेजी र एकबाट रविना केसी प्रथम, प्रतीक थापा द्धितिय, नन्दिता सुवेदी तृतीय र ड्याजल गुरुङ सान्त्वना हुन सफल भए । कक्षा २ र ३ बाट शिशिर अधिकारी प्रथम, पुष्पा गुरुङ द्धितिय र कुशल गुरुङ तृतीय भए ।

यसैगरि कक्षा ४ र ५ बाट शोभा अधिकारी प्रथम, शंकर नेपाली द्धितिय र पूजा तामाङ तृतीय हुन सफल भए । कक्षा ६, ७ र ८ बाट श्रद्धा अधिकारी प्रथम, सुजन अधिकारी द्धितिय, सागर राई तृतीय र पूजा राइ सान्त्वना हुन सफल भएको विद्यालयले जनाएको छ । कार्यक्रममा विजयी विद्यार्थीहरुलाई प्राचार्य शुशिला केसी अधिकारीले बधाइ ज्ञापन गर्नुभएको थियो । विद्यालयका संयोजक रोहिणी ढकाल, शिक्षिका बिमला बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रममा सुगम सेन्चुरी, सपना मल्ल र गंगा गुरुङ निर्णायक हुनुहुन्थ्यो ।

कमेन्टहरु
Loading...