पैसा अभावमा स्कुल छोड्न लागेकी बालिकालाई पत्रकार पौडेलको सहयोग

पोखरा, ८ भदौ / जन्म दिन अर्थात प्रस्चिमामा वर्थडे धुमधामका साथ मनाउने प्रवृत्ति पछिल्लो समय

नेपालीहरुमा बढ्दो छ । वालवालिका, युवा वा प्रौढ जो सुकैले पनि जन्मदिन खर्च गरेर धुमधामका साथ मनाउने

गर्दछन् । थुप्रै पैसा खर्च गरेर जन्म दिनको अवसरमा आफन्त तथा साथीभाईलाई पार्टी दिने र रमाईलो गर्ने

संस्कृति वढ्दो छ ।

तर पोखराका युवा पत्रकार तथा गण्डकी प्रदेश पत्रकार महासंघका अध्यक्ष त्रिभुवन पौडेलले भने आफ्नो जन्म

दिनमा सहनिय काम गरेका छन् । बिहीबार जन्मदिन परेका पौडेलले वर्थेमा हुने खर्च उनले म्याग्दीका एक

वालिकाको शिक्षामा खर्चेका छन् । आर्थिक अभावमा पढाई छोड्न वाध्य वनेको समाचार प्रकाशित भएपछि

पौडेलले वालिकालाई आर्थिक सहयोग गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएका कारणले पढ्ने खर्च जुटाउन नसकेकोले विद्यालयवाट निकालिदिन

प्रधानाध्यापकलाई पत्र लेख्ने बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया वालिका पुजा खत्रीलाई पौडेलले २१

हजार आर्थिक सहयोग गरेका हुन् । कापी कलम र विद्यालय पोशाक किन्न नसक्ने व्यहोराको मार्मिक पत्र

प्रअलाई लेखेकी पुजालाई पौडेलले उनको शिक्षामा सहयोग पुर्याउन सहयोग गरेको बताए ।

‘आज उनको बारेमा समाचार सुन्ने वित्तिकै भावुक वनेँ।’ पौडेलले भने,‘गरिबिका कारणले पढाई छाड्न वाध्य

बनेकी वालिकालाई सहयोग गर्न अवसर मिल्यो । उनको शिक्षादिक्षामा सहयोग पुग्ने ठानेर थोरै भएपनि

सहयोग गर्न मन लाग्यो ।’

कमेन्टहरु
Loading...