ट्राफिकको भवन निर्माणका लागि पार्टी प्यालेस व्यवसायीको सहयोग

पोखरा, १६ कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको निर्माणाधिन भवनका लागि गण्डकी अञ्चल पार्टी प्यालेस व्यवसायी महासंघले आर्थिक सहयोग गरेको छ । एक कार्यक्रमका बीच महासंघले जिल्ला ट्राफिक प्रहरी कास्कीलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

महासंघले निर्माणाधिन भवनका लागि ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । महासंघका लागि केन्द्रीय अध्यक्ष लिला जिसी, गण्डकी शाखाका सल्लाहकार तथा केन्द्रीय सदस्य केपी शर्मा, गण्डकी शाखाका अध्यक्ष दीपक गुरुङ र गण्डकी शाखाकै आर्थिक सँयोजक तथा गोल्डेन हाउस पार्टी प्यालेसका संचालक प्रकाश मल्लले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख ऐनबहादुर मल्ललाई सो रकम हस्तान्तरण गरेका थिए ।

महासंघले व्यवसायीक हितसँगै सामाजिक उत्तरदायित्व वहन गर्दै आफूहरुले सहयोगी हात बढाएको जनाएको छ । रकम बुझेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख ऐनबहादुर मल्लले भवन निर्माणका लागि महासंघले देखाएको सहयोगी भावनाले समाजमा सकारात्मक सन्देश दिने बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले पनि प्रहरी र पब्लिकबीचको सम्बन्ध यस्तै सुमधुर हुनुपर्ने धारणा व्यक्त गरे ।सोहि अवसरमा पार्टी प्यालेस व्यवसायी नगेन्द्र सुवेदीलाई विशेष सम्मान समेत गरिएको थियो । उनी भर्खरै भएको उद्योग वाणिज्य संघको अधिवेशनमार्फत सदस्य पदमा निर्वाचित भएका हुन् ।

कमेन्टहरु
Loading...