पोखरामा १५ औं असारे रोपाई महोत्सव पामेमा

पोखरा १३ असार /पोखरा सबै मौसमका लागि भन्ने नारा सहित १५ औ असारे रोपाई महोत्सव पोखरा महानगरपालिका २४ पामे हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा हुन लागेको रोपाई महोत्सवमा स्वदेशी तथा विदेशीहरु भाग लिने आयोजकले बताएका छन् ।

असार १५ गते हुने महोत्सव अशोक पालिखे र कृष्णमोहन पराजुलीको चार रोपनी जग्गा महोत्सव गर्न लागेको पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्माले जानकारी दिए । महोत्सवमा रोपाई प्रतियोगीता, हिलोमा माच्छा समात्ने प्रतियोगीता, पर्यटन दौड प्रतियोगीता, रसी तान्ने प्रतियोगीता, साउने प्रतियोगीता लगायत विविध सास्कृतीक कार्यक्रम गर्ने उनले बताए ।

महोत्सवमा सहभागी हुन अमेरीका, जापान लगाएतका देशका विश्व विद्यालयबाट करिब १ सय जना सहभागी हुन आउने शर्माले बताए । साउने प्रतियोगिता, असारे रोपाई र असारे गीत प्रतियोगिताका विजयीलाई नगदपुरस्कार समेत प्रदान गर्ने शर्माले बताए । पामे क्षेत्रलाई जेठो वुढो धानको पकट क्षेत्रका रुपमा परिचीत छ । महोत्सवलाई स्थानीय सहआयोजकका रुपमा फेवा क्लब पामेले सहयोग गरेको छ ।

कमेन्टहरु
Loading...