पर्यटक सवारीले ठक्कर दिदा पोखरामा भारतीय सैनिकको मृत्यु

पोखरा ११ असार /पोखरामा पर्यटक गाडी र मोटर साइकल ठक्कर खादा पोखरामा एक जनाको मृत्यु भएको छ । घर विदामा आएका भारतीय सैनिकमा कार्यरत २६ बर्षीय निर्मल थापाको मृत्यु भएको हो ।

आईतवार बिहान पोखराबाट काठमाडौं जादै गरेको ग १ य ५२१ नम्बरको पर्यटक गाडीले विपरित दिशाबाटै आउदै गरेको ग ९ प ११७ नम्बरको मोटरसाईकललाई पोखरा लेखनाथ १० नागिनीटोलमा ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट मोटरसाइकलमा सवार स्याङजाको मल्याङकोट २ घर भएका २६ बर्षीय निर्मल थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते उनको उपचारका क्रममा सवा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

भारतीय सेनामा कार्यरत थापा ४० दिनको विदा लिएर नेपाल आएका थिए । गाडी चालक पोखरा लेखनाथ ११ का संजिब सुनार प्रहरी नियन्त्रणमा छन् । मृतको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएका छ ।

कमेन्टहरु
Loading...