पर्यटन भन्दा पर्यटकिय क्षेत्रको संरक्षणतर्फ लाग्नुपर्नेमा विद्यार्थीको जोड

पोखरा २८ माघ/पोखराको पर्यटन ब्यवशायीहरुले पर्यटकलाई भन्दा पर्यटकिय क्षेत्रको सुधार तर्फ लाग्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । पोखरा पर्यटकिय राजधानी भएतापनि यहांका ब्यवशायी तथा सरोकारवालाहरुले पयटकिय क्षेत्रको संरक्षण भन्दापनि पर्यटक भित्रयाउनुमा मात्र लागी परेको उनीहरुले आरोप समेत लगाएका छन ।

ट्रिटोन इन्टेल कलेज काठमाण्डौका बिद्यार्थीहरुले मंगलवार पोखरामा आयोजना गरेको पोखरामा पर्यटन प्रवद्र्धन र यसका चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने बक्ताहरुले पर्यटकिय महत्वका वस्तुहरुको संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा वोल्दै पश्चिमाञ्चल होटल संघका लक्ष्मण सुवेदीले पोखरामा पर्यटन पवद्र्धनका लागी होटल संघको मुख्य भुमिका रहेको वताए । उनले आगामी दिनमा पनि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागी होटल संग लागीरहने वताउदै पर्यटन प्रवद्र्धन संगै पर्यटकिय क्षेत्रको सुधार तथा त्यस्ता ठाउमा भएका कमी कमजोरीहरुलाई मनन गर्दै आगामी दिनमा त्यसलाई हटाउदै लैजाने वताए ।

tourijamकार्यक्रममा वोल्दै पर्यटन प्रहरी कास्की उपशाखाका प्रमुख हिरा भुषालले पोखरामा भित्रिने बिदेशी पर्यटनहरुले वेला वेलामा शास्ती दिने गरेको वताए । पोखरामा रहेका पर्यटन ब्यवशायीहले उनीहरुलाई पोखराको वारेमा राम्रो संग बुझाउन नसक्दा कहिलेकांही पर्यटक प्रहरीलाई समेत काम गर्न अफ्ठेरो उत्पन्न हुने गरेको वताए । पोखरामा रहेका पर्यटकिय महत्वका सम्पदालाई सम्बन्धित निकायले संरक्षण गर्न अझैपनि नसकेकाले पोखरा आउने पर्यटकहरुले आफुुहरुको देशमा जांदा नकारात्मक सन्देश लैजाने गरेको उनको भनाइ रहेको थियो ।

त्यस्तै कार्यक्रममा वोल्दै संचारकर्मी सागरराज तिमिल्सिनाले पोखरामा रहेका पर्यटन ब्यवशायीहरुले पर्यटकीय क्षेत्रहरुको राम्रो संग पहिचान गराएको भएतापनि त्यस क्षेत्रको संरक्षणमा कोहीपनि लाग्न नचाहेको वताए । पोखरामा रहेका पर्यटन ब्यवशायीहरु पर्यटकिय क्षेत्रको संरक्षणका लागी कोही तत्पर नभएको वताउदै अन्नपूर्ण संरक्षण क्षेत्र र मुक्तिनाथ जाने पर्यटकहरु त्यस क्षेत्रका सिण्डिकेटवाला ब्यवशायीहरुको मारमा पर्ने गरेको वताए ।

कार्यक्रममा वोल्दै कलेजका शिक्षक पदम अवस्थीले आफ्ना कलेजका बीए तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई पोखराको पर्यटन क्षेत्रको अवस्थाको वारेमा रिसर्च गर्नका लागी ल्याएको र विद्यार्थीहरुले पोखरामा रहेका पर्यटन ब्यवशाय तथा पर्यटकिय महत्वका वस्तुहरुको अवस्थाको वारेमा अध्ययन गरी रिपोर्ट तयार पार्ने वताए ।

त्यस्तै कलेजका विद्यार्थी ईच्छा थापाले पोखराको पर्यटकिय आकर्षकको रुपमा रहेको फेवाताल र सेती नदीका किनारहरुमा फोहोरको थुप्रो फैलदै जानु दुखद कुरा रहेको वताए । यसलाई सम्बन्धित निकायले वेलैमा ध्यान नदिए पर्यटनको क्षेत्रमा ठूलो प्रभाव पार्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा फेवाताल र सेती नदी किनारमा रहेका पर्यटकिय महत्वका फोटोहरु समेत प्रदर्शन गरिएको थियो । एक हप्ताको रिसर्चपछि विद्यार्थीहरुले यसको रिपोर्ट तयार पार्ने जनाएको छ ।

कमेन्टहरु
Loading...