साइकल चलाउदै पोखरामा टुर दि पोखरा

सगार राज तिमिल्सिना
पोखरा, १२ पुस / शहरी प्रदुषणलाई न्युनिकरण गर्दै पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्य सहित नेपालका विभिन्न ठाउँका साइकल यात्रीहरु टुर दि पोखरामा सहभागी भएका छन् । फ्रान्सबाट शुरु भएको टुर दि फ्रान्सको अवधारणालाई सिको गर्दै पोखरामा पनि टुर दि पोखराको पाँचौ सस्करणको भएको हो ।

कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने गरेको आयोजकको भनाई छ ।
साईकल सिटीको आयोजना र नेपाल आयल निगम तथा गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसनको सहकार्यमा कार्यक्रम भएको हो । पोखरा प्रर्दशन केन्द्रमा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी, हाँस्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आर्चाय, नेपाल आयल निगमका निर्देशक सुरेन्द्र पौडेलले बेलुन उडाएर ¥याली उद्घाटन गरे ।

प्रर्दशन केन्द्रबाट शुरु भएको ¥याली पोखरा विभिन्न क्षेत्रमा साइकलयात्रीहरुले ३० किलोमिटर भन्दा बढीको यात्रा तय गरेका थिए । करिब ५ सय साइकल यात्रीको सहभागिता भएको कार्यक्रमका संयोजक राजन गोङगजुले जानकारी दिए । कार्यक्रममा सहभागिता जनाउन काठमाडौ, धरान, नेपालगञ्ज, बुटबल लगायतका ठाउँबाट साईलकप्रेमीहरु आएको उनले बताए ।

पोखरा र समग्र नेपालमा नै साइकललाई प्रमु्ख सवारी साधन बनाउने, साइकल चढ्न उत्प्रेरित गर्ने र साइकल लेनहरु बनाउन सरकारलाई भक्झक्याउनु पनि कार्यक्रमको उद्देश्य भएको उनले बताए ।
नेपालले २ खर्ब र पोखराले १६ अर्बको वार्षिक इन्धन खपत गर्ने परिपेक्ष्यमा इन्धनको खपत कम गराउनु पनि यो दौडको आयोजकको भनाई छ । सोही कार्यक्रममा एकहात मात्रै भए पनि कुशलतापूर्वक साइकल चलाउदै आएका विशाल गर्बुजा र साग खेलकुदमा रजत पदक विजेता जमुना थापालाई सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...