लायन्स टुरिजम सिटीको नेतृत्वमा पौडेल

पोखरा, २७ चैत्र/लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले लायन बर्ष २०१६÷१७ का लागि लायन सुदिप पौडेलको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ । क्लबको शुक्रबार सम्पन्न निर्बाचनले प्रथम उपाध्यक्षमा बिष्णुबाबु खड्का, द्धितिय उपाध्यक्ष निरन केसी, तृतिय उपाध्यक्ष बिनय थापालाई चयन गरेको छ ।

लायन्स टुरिजम सिटीको नेतृत्वमा पौडेल
लायन्स टुरिजम सिटीको नेतृत्वमा पौडेल

यसैगरि क्लबको सचिबमा सन्जय कुमार मल्ल, सहसचिबमा निरज पन्त, कोषाध्यक्ष एकराज गिरी, सहकोषाध्यक्ष दुर्गा सुबेदी, पिआरओमा हुमबहादुर खत्री अर्जुन, टेल टिवस्टर क्षितिज तुलाचन तथा टेमरमा दिपक थापालाई चयन गरेको छ । सर्वसम्मत सम्पन्न निर्बाचनले बर्ष २०१६÷१७ का लागि क्लबका निर्देशकहरुमा बिधान कोइराला सुचना तथा सञ्चार निर्देशक, डा. राजन बस्नेत स्वास्थ्य निर्देशक, अश्विन कार्कीलाई खेलकुद निर्देशकमा चयन गरेको छ ।

यस्तै शिक्षा निर्देशकमा प्रकाश कार्की, बित्त निर्देशक पदम पाण्डे, बातावरण तथा टुरिजम निर्देशक बिकास लामिछाने तथा नया सदस्य निर्देशकमा बिरेन्द्र कुँवरलाई चयन गरको छ । कार्यक्रममा क्लबका अध्यक्ष लायन प्रदिप कुँवरले सामाजिक कार्यका लागि टिमवर्कको अत्यन्तै आवश्यका पर्नेहुदा, क्लब रहुञ्जेल टिमवर्क रहनुपर्ने भन्दै नया कार्यसमितीलाई समाज प्रतिको उत्तरदायित्व र जिम्मेवारी कुशलता पुर्वक बहन गर्न शुभकामना दिए ।

यसैबिच क्लबले शनिबार पोखरा एफ एम संगको सहकार्यमा आयोजना गर्न लागेको रक्तदाना कार्यक्रम बारे छलफल गरेको छ । क्लबले शनिबार आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा क्लबमा आवद्ध सदस्यहरुको ब्यवसायिक फर्मबाट कार्यक्रममा हुने खर्चको प्रायोजन उठाउने तथा ईच्छुक एवम योग्य रक्तदाता सदस्यले रक्तदान गर्ने निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...