टप्सका खेल प्रशिक्षकको निधन

पोखरा, २५ माघ /स्थापनाकालदेखि नै पोखराको रामघाटस्थित टप्स उच्च माध्यमिक विद्यालयमा कार्यरत खेल प्रशिक्षक नन्दजङ गुरुङको शनिबार निधन भएको छ । गत भदौदेखि क्यान्सर र जण्डिसबाट थलिनुभएका ४९ वर्षीय गुरुङको शनिबार नै गुरुङ संस्कृतिअनुसार रामघाटमा अन्त्येष्टि गरिएको छ ।वि. सं. २०२२ कार्तिक ११ गते जन्मनुभएका गुरुङका माता÷पितासहित श्रीमती, १ छोरा र १ छोरी छन् । मिलनसार, इमानदार र कर्तव्यनिष्ठ रुपमा टप्समा कार्यरत नन्दजङको निधनप्रति शोक व्यक्त गर्दै आइतबार विद्यालय बन्द गरिने प्राचार्य रत्नमान गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...