तोला चढेको सिक्का धामलाई, चामल बृद्धाश्रमलाई

पोखरा, १८ फागुन / पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ भरतपोखरीका हरिराम पौडेलले आमा चन्द्रकला पाध्याको ८४ वर्षको पूजाको अवसरमा तोला चढेको सिक्का धाम निर्माणार्थ र चामल बृद्धाश्रमलाई सहयोग गर्नुहुने भएको छ ।

पौडेलले आमा तोला चढ्ने क्रममा पुगेको ४७ किलोग्राम सिक्का पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ स्थित नर्मदेश्वर मोक्षाश्रम धाम, मदौरुकुना र ५० किलोग्राम चामल पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ सीतापाइलास्थित पोखरा बृद्धाश्रमलाई प्रदान गर्न लाग्नुभएको हो ।

८४ वर्षको पूजाकै अवसरमा हरिराम पौडेल र उहाँकी धर्मपत्नी लीलादेवी पौडेलद्वारा आमा चन्द्रकला पाध्याको सम्मान र बुबा स्व.गिरीधारी पाध्याको स्मृतिमा पोखरा लेखनाथ ३३ पानीट्याङकीमा निर्मित चन्द्रगिरी प्रतिक्षालयको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार (फागु पूर्णिमाका दिन) उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा निवर्तमान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा, नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी शुभकामना दिए ।

कमेन्टहरु
Loading...