लेखनाथमा टिप्परको ठक्करले एकको मृत्यु

पोखरा, २२ फागुन/कास्की लेखनाथ नगरपालिका वडानम्बर १३ खुदीखोलामा टिप्परले ठक्कर दिदा पैदल यात्रुको ज्यान गएको छ ।

शनिबार दिऊसो ग १ क २८८२ नम्बरको टिप्परले ठक्कर दिदा सोही ठाउँकी पैदल यात्री ८२ वर्षिया सम्शेर परियारको मृत्यु भएको हो । ठक्कर दिदा गम्भीर घाईते भई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने टिप्पर र चालक मकवानपुर गडी गाविस वडा नं ३ घर भई हाल तनहुँ कोत्रे बस्ने बर्ष ३६ को दिपक पुलामी मगर्र जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...