तनहुँ सम्पर्क समाज पोखराको अध्यक्षमा भट्टराई

पोखरा, १० भदौ / तनहुँ सम्पर्क समाज पोखराको छैटौं अधिवेशनले अम्बिकाप्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

समितिको निवर्तमान अध्यक्षमा शिबराज पौडेल, बरिष्ठ उपाध्यक्षमा भरतबहादुर केसी, उपाध्यक्षमा भुवन पराजुली, महासचिवमा यामबहादुर सुर्खाली, सचिवमा जसबहादुर गुरुङ, कोषाध्यक्षमा जगन्नाथ गौतम छन् ।

सदस्यहरूमा चन्द्रावती वाग्ले, इन्दिरा पराजुली काफ्ले, रमा घिमिरे पौडेल, वासु तिमिल्सिना, चित्रबहादुर अधिकारी, दुर्गाचन्द्र अर्याल, हरिबहादुर थापा, श्रीराम शर्मा सापकोटा र राजु भण्डारी निर्वाचित बनेको निर्वाचन समितिका संयोजक श्रीकान्त खतिवडाले जानकारी दिए ।

कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । तनहु जन्मस्थान भई पोखरामा विभिन्न सेवा, पेशा, व्यवसायमा आवद्ध व्यक्तिहरूलाई समाजले संगठित गर्दै आएको बताउँदै नवनिर्वाचित अध्यक्ष अम्बिकाप्रसाद भट्टराईले तनहु वासीबीच भावनात्मक एकता अभिबृद्धि गर्दै समाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा कृयाशिल बन्ने प्रतिवद्धता व्यक्त गरे ।

उनका अनुसार २०५९ सालदेखि कृयाशिल संस्थामा हाल ७१९ जना साधारण सदस्य एवम् २४५ जना आजीवन सदस्य छन् ।

कमेन्टहरु
Loading...