ठेक्का लिएर निर्धारित समयमा काम नगर्नेलाई कारवाही हुन्छः सभापति कोइराला

पोखरा, १ असार / गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले ठेक्का लिने र निर्धारित समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएको छ । आइतबार पोखराको फेवाताल ठूलाखेतस्थित खहरे खोलामा निर्माणधिन पक्की पुलको अनुगमन गर्दे समितिले यस्तो चेतावनी दिएको हो ।

२०७७ जेष्ठ १९ गते भित्र सम्पन्न गर्नेगरि पुल निर्माणको जिम्मा पाएको निलगिरी कन्स्ट्रक्सन काठमाडौंले निर्धारित समयमा आधा जस्तो मात्रै काम गरेपछि समितिका सभापति दीपक कोइरालाले पुलनिर्माणधिन स्थलबाटै फोन गरेर निर्माण कम्पनीका बसन्त कुमार लामालाई पहिलाको जस्तो ठेक्का लिने काम नगर्नेलाई अब कारवाही गर्ने चेतावनी दिनुभएको हो ।

अनुगमनमा आउछन जान्छन भन्ने सोचेको भए त्यो गलत हुनेभन्दै सभापति कोइरालालाई अनुगमन समिति आउदा आगामीदिनमा प्रत्यक्ष आफै उपस्थित भएर कामको बारेमा जानकारी दिन निर्देशन दिनुभयो ।

सभापति कोइरालाले पहिलाको जस्तो तरिकाले काम नचल्ने भन्दै समयमै काम नहुदा स्थानीयहरु मरमा परेको बताउनु भयो । निर्माण कम्पनीले निर्धारित समयमा काम नगर्दा अहिलेको बर्षायाममा पोखरा वडा नम्बर २३ को ठूलाखेत, चैनपुर, हपर्न, भदौरे तामाङ्गी र घाँटीछिनाका करीब १३ हजार भन्दा बढि जनताले समस्या भोग्नुपर्ने स्थानीय विष्णु दाहालले जानकारी दिनु भयो ।

गण्डकी प्रदेश सरकारको ६ करोड ७५ लाख लगानीमा निर्माण सम्पन्न हुने पुल निर्माणको जिम्मा पाएको निलगिरी कन्स्ट्रक्सनले ढिला काम शुरुगरेकोले निर्धारित समयमा काम सम्पन्न नभएको पूर्वाधार विकास कार्यालय कास्की इन्जिनियर नविनचन्द्र अधिकारीले जानकारी दिनु भयो । इन्जिनियर अधिकारीले पुल ९० दशमलब ७५ मिटर लम्बाई र ९ मिटर चौडाईको हुने जनाउनु भयो ।

भौगोलिक अवस्थाको कारण बक्सब्रीज आकारमा मल्टीसेल बक्सको डिजाइनमा त्यहाँ पुल निर्माण हुनलागेकोहो । अर्थ तथा विकास समितिका सदस्य मीन प्रसाद गुरुङले ब्यबस्था फेरिएपनि काम गर्ने तौरतरिका नफेरिएकोले कामको जिम्मा लिने निर्धारित समयमा काम नसक्ने रोग बाँकी रहेको पाइएको बताउनु भयो ।

पुल निर्माण नहुदा जनतालाई पर्ने समस्या ठेक्का लिनेहरुले बुझन नसकेको बताउनु भयो । समितिका अर्का सदस्य चन्द्र मोहन गौचनले लकडाउन चैत्र ११ गतेबाट शुरुभएको छ लकडाउन अगाडिको कामपनि चित्तबुझदो अबस्था नभएको बताउनु भयो ।

निर्माण कम्पनीलाई कामगर्न अप्ठेरोपरे सरकार संग सहजिकरणको लागि आफुहरु तयार रहेको तर जे गरेपनि हुन्छ भनेर लापरबाही गर्नेलाई भने कारवाही गर्नेपर्ने बताउनु भयो । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले लकडाउनको अबधीमा पनि विकास निर्माणको अबस्था बारे अध्ययन अनुगमन र निर्देशन निरन्तर गर्देआएको छ ।

समितिका सचिव सृजना आचार्यले समितिको कार्यक्षेत्रभित्र पर्ने गण्डकी प्रदेशका चारवटा मन्त्रालयले गरेका कामको बारेमा समितिले अनुगमन निर्देशन र सुझाब दिदै आएको बताउनु भयो ।

कमेन्टहरु
Loading...