सामुदायिक विद्लायको शिक्षामा सुधार गर्न कास्कीका शिक्षकहरुको जोड

पोखरा, २५ चैत्र/सरकारले सामुदायिक विद्लायको शिक्षामा सुधार ल्याउन चालेका कदमहरुलाई आत्मसाथ गरी अघि बढ्नुपर्नेमा कास्कीका शिक्षकहरुले जोड दिएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक सँगठन पोखरा महानगरपालिकाले यहाँ आयोजना गरेको प्रथम नगर परिषदमा शिक्षकहरुले यस्तो बताएका हुन् । शिक्षकहरु आफ्नो हक, अधिकार सरकारसँग खोज्ने मात्र नभई कर्तव्य तर्फ पनि बफादार भएर लाग्नुपर्नेमा जोड दिईएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका सल्लाहकार संयोजक दिपक पौडेलले विद्यार्थीको भविष्य शिक्षकको हातमा हुने भएकाले आफ्नो विषयको जवाफदेहिता दिन शिक्षक हरदम तयार हनुपर्ने बताए ।

‘विद्यार्थीको अध्ययनशिलताको स्वाभाव हेरेर शिक्षकले आफुलाई प्रस्तुत गर्नुपर्छ’ , उनले भने, ‘हामीले पनि विश्वास दिलाउन जरुरी छ सामुदायिक विद्लायमा पनि विद्यार्थीले चाहेबमोजिमको पठनपाठन हुन्छ भन्ने ।’

उनका अनुसार पहिले त हामी आफै पनि बलियो हुन जरुरी छ । बलियो भएमात्र मैदानमा लड्न सक्छौ । बलियो भएर मैदानमा लडन सक्ने क्षमतावान हुन उनले शिक्षकहरुलाई आग्रह गरे ।

कार्यक्रममा कास्कीमा रहेर निरन्तर शिक्षकका हकहितका लागि महत्वपूर्ण योगदान दिएका नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष रामप्रसाद पोखरेल, नेपाल राष्ट्रिय शिक्षक महासंघका केन्द्रिय सदस्य लोचन अधिकारी र नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष बोधराज पौडेललाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका शैक्षिक प्रमुख हेमप्रसाद आचार्य, शिक्षक महासंघका केन्द्रिय सदस्य लोचन अधिकारी, बोधराज पौडेल, शकुन्तला आचार्य बसुन्धरा पौडेल लगायतले बोलेका थिए ।

त्यस्तै, परिषदमा झलक पौडेलले सांगठनिक प्रतिवेदन र विजय शर्माले पेश गरेको आर्थिक प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरिएको छ ।

कमेन्टहरु
Loading...