‘शिक्षकले चाहे गर्न सक्छ’

पोखरा, १९ वैशाख /मजदुर दिवसको अवसरमा शिक्षकले चाहे गर्न सक्छ भन्ने विषयमा गण्डकी प्रदेशका शिक्षकहरुविच पोखरामा वृहत् अन्तरक्रिया सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश समिति गण्डकी प्रदेश पोखराद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेशको तनहँुको शुक्ला गण्डकी नगरपालिकाको बेलचौतारामा विश्वविद्यालय बनाउन लागेको जानकारी दिदै आगामी बजेटमा गण्डकी प्रदेशमा शिक्षाका लागि र शिक्षकका पेशागत क्षमता अभिवृद्धिका लागि छुट्टै ढङ्गले रकम विनियोजित गर्न लागिएको बताउनुभयो । त्यस्तै शिक्षामा परिवर्तन ल्याउन शिक्षक नै मुख्य पात्र भएकाले आवश्यक सुझाव दिन पनि गण्डकी प्रदेशका शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै कार्याक्रममा विशेष अतिथि शिक्षाविद डा विद्यानाथ कोइरालाले शिक्षकले चाहे विद्यार्थीको सिकाइ गुणस्तरमा परिवर्तन गर्न शिक्षाकै नीति नियम बाधक नहुने र आफ्नो विद्यालयका समस्या पहिचान गरि आफै नियम बनाएर पनि अघि बढ्न सकिने बताउनुभयो । त्यस्तै अर्का अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले पुरानो ठाउँबाट पुरानो बाटो हिँेडे पुरानै ठाउँमा पुगिने हुँदा नयाँ ठाउँमा पुग्नका लागि नयाँ बाटो नै तय गर्नुपर्ने हुनाले अब नयाँ मार्ग बनाउने काम शिक्षकले नै बनाउनुपर्ने जनाउँदै शिक्षण पेसामा नयाँ पुस्तालाई आकर्षित गर्न सरकारले अन्य पेसालाई भन्दा १० प्रतिशत बढी सेवा सुविधा दिनुपर्ने मागहरु सरकारसमक्ष राखिएको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशअन्र्तगत नमुना विद्यालयहरु माछापुच्छ«े मावि कास्कीका सन्तोष आचार्य, खैरेनी मावि तनहुँका प्रअ केशवराज घिमिरे, भीमसेन मावि नवलपरासीका प्रअ नरदेव न्यौपान,े पाउँदर मावि म्याग्दीकी प्रअ थममाया पुनलगायतले आआफ्नो विद्यालय सञ्चालनका अनुभवहरु साटेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष राम पाख्रेलले विद्यालय शिक्षा सुधार अवधारणा प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश सचिव तीर्थबहादुर बस्नेतले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...