पोखरामा मनपरी भाडा लिने ट्याक्सी चालक पक्राउ

पोखरा, १६ वैशाख /पोखराका मनपरी भाडा लिने ट्याक्सीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीको स्वीप अप्रेशनको क्रममा पोखरा उपत्यका भित्र संचालनमा रहेका ट्याक्सीहरुले चेकजाँचको क्रममा मिटरमा तोकिएको भाडा दर भन्दा बढी भाडा लिई तथा मिटरमा जान नमान्नी यात्रु ठगी गरेको आरोपमा शनिबार ३ वटा ट्याक्सीलाई कार्वाही गरेको हो ।

जन गुनासोका आधारमा स्विप अप्रेशनको क्रममा ट्याक्सी मिटरमा नै जान नमान्ने तथा तोकिएको भाडा दर भन्दा बढी भाडा लिएको पाईएकोले तीन वटा ट्याक्सीका चालकलाई पक्राउ गरी कार्वाहीका लागि पठाएको कास्कीका प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए ।

नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ६ को दफा ९६ बमोजिमको कसुरमा ऐ ऐनको परिच्छेद १० को दफा १६० को देहाय २ ख बमोजिम आवस्यक कार्वाहीको लागि यातायात व्यवस्था कार्यालय गण्डकीमा पठाएको छ । कास्की प्रहरीले अहिले सम्म १२५ वटा ट्याक्सीलाई कार्वाहीका लागि पठाएको जनाएको छ ।

कमेन्टहरु
Loading...