पोखरा ट्याक्सी चोरी गर्ने चार जना पक्राउ

फाइल तस्बिर

पोखरा, १० असोज / पोखरा महानगरपालिका वडा नम्बर १४ शिवमार्ग टोल मझेरीपाटनमा पार्किङ गरि राखेको ग१ज ३८७१ नम्बरको मारुती सुजुकी ट्याक्सी चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

असोज ६ गते हराएको घटनाको अनुसन्धानको सिलसिलामा ट्याक्सी पोखरा महानगरपालिका वडा नम्बर २६ बिजयपुर माथि टाइगरटपको डाडा नजिक फेला परेको थियो ।

चोरी कार्यमा संलग्न २२ बर्षिय राजन राई, २१ बर्षिय अजय परियार, २० बर्षिय संजय परियार र १४ बर्षिय एक जना बालक समेतलाई पक्राउ गरेको छ ।

उनीहरुलाई असोज ९ गते पक्राउ गरी कानुनी प्रकृया अगाडी बढाइएको कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

कमेन्टहरु
Loading...