पोखरामा ट्याक्सीमा मिटर जडान नगर्ने र यात्रु बढि राख्ने बस कार्वाहीमा

पोखरा, ३ माघ /जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र यातायात कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरको पृथ्वीचोकमा चेक जाँच गर्दा १३ वटा सवारी साधन कार्वाहीमा परेका छन् ।

बुधबार बिहान पोखरा लेखनाथ महानगरपालिका वडा ९ स्थित पृथ्वीचोकमा सवारी अनुगमन गर्दा मिटर जडान नगरेका ६ वटा ट्याक्सी, क्षमता भन्दा बढी यात्रु चढाएको ३ वटा हाईस र टिकट नकाटी यात्रु चढाउने ४ वटा बसलाई कारबाही गरेको प्रहरीले जानकारी दिएको छ ।

ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनलाई सचेत गराउने उद्देश्यले अनुगमलाई थप प्रभावकारी बनाउन लागिएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...