अन्र्तराष्ट्रिय ट्रायथोलन महासंघको ३२ औं कंग्रेसमा भाग लिन देवकोटा स्वीजरल्याण्ड जाँदै

पोखरा, ८ भदौ/ नेपाल ट्रायथोलन संघ नेपालका केन्द्रीय सदस्य तथा कास्की अध्यक्ष सुमन देवकोटा अन्र्तराष्ट्रिय ट्रायथोलन महासंघको ३२ औं कंग्रेसमा भाग लिन जाने भएका छन् ।

स्वीजरल्याण्डमा हुने कंग्रेसमा सहभागि हुन नेपालको प्रतिनिधित्व गर्दै देवकोटा त्यसतर्फ जाने भएका हुन् । हरेक ४÷४ वर्षमा हुने कंग्रेसमा सहभागि हुन आफू भदौ ९ गते राती साढे ९ बजेको फ्लाइटबाट स्वीजरल्याण्ड प्रस्थान गर्न लागेको जानकारी दिए ।

अन्र्तराष्ट्रिय ट्रायथोलन महासंघको ३२ औं कंग्रेस यहि अगष्ट २७ तारिखदेखि सेम्टेम्वर १ तारिखसम्म अर्थात भदौ ११ गतेदेखि १९ गतेसम्म हुने देवकोटाले जानकारी दिए । यो वर्ष चुनावी वर्षपनि भएकाले नया नेतृत्वपनि चयन गर्ने र आफूले नेपालको प्रतिनिधित्व गर्दै भोट हाल्ने बताए । २७ र २८ तारिख बैठक र २९ तारिख मुख्य सम्मेलन हुने उनले बताए । त्यसपछिका दिनहरुमा वल्र्ड ट्रायथोलन कम्पिटिसनपनि हुने उनले जानकारी दिए ।

सो अवसरमा एसिया महादेश स्तरीय एसियन ट्रायथोलन कन्फड्रेसन (एएसटिसी)को बैठकमा पनि भाग लिने देवकोटाले जानकारी दिए । यसैबीच, अन्र्तराष्ट्रिय ट्रायथोलन महासंघको ३२ औं कंग्रेसमा भाग लिन जान लागेका देवकोटालाई पोखराबाट बिदाई गरिएको छ ।

उनलाई गण्डकी प्रदेश सांसद तथा नेपाल ट्रायथोलन संघका केन्द्रीय उपाध्यक्ष दीपक कोइराला, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य देवेन्द्र केसी, पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघका कोषाध्यक्ष हरिकुमार श्रेष्ठ, सह कोषाध्यक्ष नारायण भण्डारी, नेपाल ट्रायथोलन संघका केन्द्रीय सदस्य तथा कास्की सचिव प्रकाश बराललगायतले खादा लगाएर उनलाई सुखद यात्राको कामना गर्दै बिदाई गरेका थिए । देवकोटा शनिबार काठमाडौं पुगिसकेका छन् ।

कमेन्टहरु
Loading...