ल्होसारमा सार्वजानिक विदा माग्दै प्रर्दशन

पोखरा, ६ पुस/ तमू ल्होसारलाई अन्तरिम सरकारको पालादेखी दिइदै आएको सार्वजनिक विदा गत बर्ष देखी बर्तमान सरकारले खारेजी गरे पछि ल्होसारमा सार्वजनिक विदा माग्दै जुलु प्रर्दशन गरेका छन् ।

तमू ल्होसार पुस १५ गते पुनः सार्वजानिक विदा पुनस्थापना गराउनको लागि गण्डकी प्रदेशका गुरुङहरुले आईतबार पोखरामा सरकारलाई दवाब दिन प्लेकार्ड सहितको साङले जुलुस प्रर्दशन गरेका छन् ।

जुलुसको लागि गण्डकी प्रदेश अन्तरगतका जिल्लाहरु बाट अधिकतम गुरुङहरुको सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रम विहान ११ बजे प्लेकार्ड सहितको साङले जुलुस महेन्द्रपुलबाट सुरु भएको थियो ।

२०६२—२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरुको तमु ल्होसार सहित अन्य आदीवासी जनजातिका पाँच पर्वमा सार्वजनिक विदा दिएकामा वर्तमान सरकारले कटौति गरी सम्बन्धित जातिलाई मात्रै विदा दिएकाले सार्वजनिक विदा दिन माग गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका तमु ह्युल छोंज धिं प्रेदश प्रमुख पदमराज गुरुङ, उपाध्यक्ष होम बहादुर गुरुङ, प्रदेश प्रमुख दल बहादुर गुरुङ लगायतले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

कार्यक्रम तमु ह्युल छोंज धिं केन्द्रिय उपमहासचिव मनोज गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालक सचिव कुमार गुरुङले गरेका थिए ।

कमेन्टहरु
Loading...