तमु धिं नेपाल ३६ औं वर्षमा प्रवेश, गणेशबहादुर गुरुङको स्मृतिमा २० लाख कोष स्थापना

पोखरा, ६ जेठ/ तमु धिं नेपाल ३५ वर्ष पुरा गरी ३६ औं वर्षमा प्रवेश गरेको छ । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा विविध कार्यक्रम गरी सोमवार स्थापना दिवस मनाइएको छ ।

कोरोनाको महामारीको विषम परिस्थितीमा तमु धिंले सामाजिक दुरी कायम राख्दै संस्थाको प्रगाति र कोरोना महामारी अन्त्यको कामना गर्दै ३६ वटा शान्ति दिप प्रज्वलन गरिएको थियो । कार्यक्रममा दिलबहादुर गुरुङले उद्घाटन गरे ।

कार्यक्रममा तमु धिं नेपालका सल्लाहकार प्रमुख, वरिष्ठ समाजसेवी, शिक्षासेवी स्वर्गीय गणेशबहादुर गुरुङको परिवार तथा आफन्तजनबाट आगामी वर्षदेखि तमु धिं नेपालको स्थापना दिवसमा एक जना शैक्षिक र एकजना सामाजिक क्षेत्रका व्यत्तित्वलाई सम्मानका लागि २० लाख ५५ रुपैयाको अक्षयकोष स्थापना गरिएको छ।

कोष स्थापनाका लागि उक्त रकमको चेक स्वर्गीय गुरुङको बहिनी लक्ष्मी गुरुङ, छोरा समिर गुरुङ र बुहारी डा.महिमा गुरुङले तमु धिं नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो। रकम हस्तान्तरण गर्दै छोरा समिर गुरुङले अक्षयकोष स्वर्गीय बाबाकै चाहाना भएकाले परिवार र बहिनी, भाञ्जा भाञ्जीबाट कोष स्थापनाको शुरुवात गरिएको भन्नुहुदै आगामी दिनमा कोष बृद्धि गरिदै लगिने उद्घोष गरे ।

कमेन्टहरु
Loading...