फेवातालको बाराही मन्दिरमा कोजाग्रत पुर्णिमा मेला

पोखरा, २९ असोज/पोखराको पर्यटकी तथा धार्मिक स्थल तालबाराही मन्दिरमा कोजाग्रत पुर्णिमा मेला लोगको छ । तालबाराही मन्दिर सहित विन्ध्यवासिनी, कास्की कालिका, भद्रकाली, अकला मन्दिरमा समेत दर्शन गर्नेका भिड् लागेको छ । कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाउने चलन छ ।

कोजाग्रत पूर्णिमाको अबसरमा पोखराको फेवातालको बिचमा रहेको ताल बाराही मन्दिरमा दर्शनार्थीको लामो लाइन छ । तालबाराही मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ कास्की सहित छिमेकी जिल्लाहरुबाट दर्शनार्थीहरु पोखरा आउने गरेका छन् । दर्शनका लागि फेवातालमा डुँगा चढेर मन्दिर जानेहरुको बिहानैदेखि दर्शनार्थीको घुईचो लागिरहेको थियो ।

घुँइचो बढेपछि डुँगा ब्यवसायीहरुले समेत थप डुँगाको ब्यवस्था गरेर दर्शनार्थीहरुलाई ओहोर दोहोर गराएका छन् । करिब ३० हजार बढीले दर्शनार्थीहरुले मन्दिरको दर्शन गरेको आयोजकको व्यवसायीले बताएका छन् ।

दसैँको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसँैघर र कोतहरूमा राखिएका जमरा फेवाताल किनारमा विसर्जन गर्ने गर्दछन् । यो ठाउँमा परापुर्वकाल देखि नै कोजाग्रत पुर्णिमामा मेला लाग्ने गरेको छ । कोजाग्रत पूर्णिमाका अवसरमा तालबाराही मन्दिरमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने चलन समेत छ । मन्दिर दर्शन गरेर फर्किनेहरु फेवा किनारामा राखिएको पिङ खेल्न व्यस्थ देखिन्थे । तस्विर ः प्रदिप पौडेलbahari-tempal-ma-va bahari-tempal fewa-tal-ma-dhunga

कमेन्टहरु
Loading...