तेक्वान्दो द्धारा अनदु प्राविलाई सहयोग

पोखरा, ११ वैशाख /कास्की जिल्ला तेक्वान्दो संघ मातहतको लेकसाइड तेक्वान्दो दोजाङ्गले फेवाताल पारिको अनदु प्राविलाई शैक्षिक सामग्री सहयोग गरेको छ । शनिवार विद्यालय प्राङ्गणमा आयोजित एक समारोहका विच विद्यार्थीहरुका लागि उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

तेक्वान्दो द्धारा अनदु प्राविलाई सहयोग
तेक्वान्दो द्धारा अनदु प्राविलाई सहयोग

कार्यक्रमका प्रमुख अतिथि फेवा डुङ्गा व्यवसायि संघका अध्यक्ष बुद्धिबहादुर नेपाली, विशेष अतिथि पश्चिमाञ्चल होटल संघका उपाध्यक्ष लक्ष्मण सुवेदी, सहयोगीहरु कमल भुजेल, तारा विक, मनमाया गुरुङ्ग लगाएतले विद्यालयका प्रधानाध्यापक भविनाथ बराललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

शैक्षिक सामग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि नेपालीले ताल तरेर पढ्न आउने विद्यार्थीको सुरक्षामा ध्यान दिंदै लाइफ ज्याकेट प्रदान गरिएको बताए । त्यस्तै वर्षा याममा विद्यालयसम्म आउन विद्यार्थीहरुलाई कठिन पर्ने हुँदा रेन्कोट रोजिएको पनि उनले बताए । साथै आउँदा दिनमा आर्थिक सहयोग समेत गर्ने उनले जनाए । विशेष अतिथि होटल संघका उपाध्यक्ष सुवेदीले तेक्वान्दो दोजाङ्गले गरेको उक्त सामाजिक कार्य प्रशंसनिय एवं अनुकरणिय भएको उल्लेख गरे ।

विद्यालयमा अध्यायन गर्ने १० जना छात्रछात्रालाई १० थान झोला, १० थान रेन्कोट, स्टेशनरि सामग्री तथा फेवाताल तरेर तालबाराहीमा अध्यायन गर्न आउने विद्यार्थीहरुका लागि ५ थान लाइफ ज्याकेट प्रदान गरिएको हो । सोही समारोहमा स्थानिय श्रृजनशिल युवा क्लवले पनि शैक्षिक सामग्री प्रदान गरेको थियो । विद्यालयलाई सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई विद्यालयका पूर्व प्रधानाध्यापक जगतबहादुर पहारीले धन्यवाद ज्ञापन गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद गुरुङ्ग, शिक्षक अभिभावक संघका अध्यक्ष मनलाल गुरुङ्ग लगाएतले मन्तव्य राखेका थिए ।

आयोजक दोजाङ्गका प्रमुख प्रितम कुँवरले दोजाङ्गले विगतमा पनि खेलकुदसंगै विभिन्न सामाजिक कार्य पनि गर्दै आएको जनाए । साथै दोजाङ्गले आउँदा दिनमा पनि यस्तै श्रृजनात्मक कामहरु गर्ने जनाए । वद्यालय प्रअ भविनाथ बरालले स्वागत एवं तेक्वान्दो खेलाडी एवं सञ्चारकर्मी दिपेन्द्र पहारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...