टान पर्यटकिय पूर्बाधार विकासमा केन्द्रित

गोकुल बानियाँ/पोखरा १३ पुष । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान पश्चिमाञ्चल पछिल्लो समय पर्यटकिय पूर्बाधार बिकासमा केन्द्रित भएको छ । यसअघि पहिचान भएका नयाँ गन्तब्यहरुमा आबश्यक पूर्बाधार निर्माणको काम तिब्र पारिएको छ । टान पोखराका अध्यक्ष नारायण सापकोटाका अनुसार नयाँ पर्यटकिय रुटमा बाटो निर्माणको काम भैरहेको छ भने पुराना गन्तब्यहरुमा थप संरचना निर्माण गरिदैछ ।

सञ्चालनमा आउन लागेको धौलागिरी आईसफल ट्रेकिङ रुटमा बाटो निर्माणको काम सकिएकोले ट्रेल मार्किङ र नक्साङकनको काम भैरहेको सापकोटाले बताए । आगामी चैत्र सम्म पूर्बाधार निर्माणको काम सक्ने र सेप्टेम्बर देखि सो रुटमा पदयात्रा सुरु गराउने लक्ष्य राखिएको छ ।
त्यस्तै नयाँ पदमार्गकै रुपमा पहिचान भएको माछापुच्छ«े मोडल ट्रेक अन्तर्गत हिलेखर्क र खुमै डाडामा शौचालय निर्माणको साथै खानेपानीको ब्यबस्था गरिएको सापकोटाले बताएका छन् ।

माछापुच्छ«ेको काख खुमै डाडाबाट पोखरा उपत्यकाको दृष्य कचौरा आकारको देख्न सकिन्छ । पूर्बाधार बिकास नभएकाले यसअघि त्यस क्षेत्रमा पुग्ने पर्यटकले बिशेष गरी खानेपानीको समस्या झेल्दै आएका थिए । अन्नपूर्ण र माछापुच्छ«े बेसक्याम्पमा यस अघि निर्मित पोर्टर सेल्टरलाई मर्मत गर्नेकाम पनि भैरहेको सापकोटाले बताएका छन् । पदयात्राको क्रममा पर्यटकको साथमा जाने मजदुरको सहजताको लागि निर्माण गरिएका सेल्टरहरु जिर्ण भएपछि मर्मतको काम सुरु गरिएको हो ।

साथै मर्दी हिमाल ट्रेक र माछापुच्छ«े ट्रेकलाई जोड्ने गरी स्थानिय स्तरमा अध्ययन समेत भैरहेको टान पोखराले जनाएको छ । ‘ यसअघि सञ्चालनमा आएका होम स्टेलाई ब्यबस्थित गर्ने र नया गन्तब्यको लागि आसपासको गाउमा होम स्टे बिस्तार गर्न बिभिन्न तालिम समेत सञ्चालन गरिएका छन् । ’ उनले भने ।

बिभिन्न क्षेत्रमा पर्यटकिय संभाब्यता अध्ययन गरी नया गन्तब्यको खोजिगर्ने टानले आफुले पहिल्याएका क्षेत्रमा पूर्बाधार बिकासलाई तिब्रता दिएको सापकोटाले जानकारी दिए । ‘नया गन्तब्य पहिल्याएर मात्रै केहि हुदैन त्यहा पर्यटक पुग्न सक्ने गरी पूर्बाधार पनि बन्नुपर्छ । ’ सापकोटाले भने । आफ्नो कार्यकाल नया गन्तब्य पहिल्याउन भन्दा पनि यसअघि पहिचान भएका गन्तब्यमा आबश्यक पूर्बाधार बिकास लागि खर्चिने उनले बताएका छन् ।

टान पोखराका पूर्ब अध्यक्ष सोम थापाले पूर्बाधार निर्माण संगै नया गन्तब्यको पनि खोजी गर्नुपर्नेमा जोड दिएका छन् । प्रशस्त पर्यटकिय गन्तब्य भएपनि कतिपय स्थान अझै ओझेलमा रहेकाले त्यस्ता क्षेत्रको पनि प्रबद्र्धन आबश्यक रहेको उनले बताए । अहिले भएका गन्तब्य पर्याप्त नभएको भन्दै उनले नयाँ गन्तब्यको पहिचान अपरिहार्य रहेको बताएका छन् । टान पोखराले पश्चिमाञ्चलका बिभिन्न क्षेत्रमा रहेका पर्यटकिय स्थलको पहिचानको साथै प्रबद्र्धन पनि गर्दै आएको छ ।

कमेन्टहरु
Loading...