पौडी खेल्ने क्रममा फुस्रे खोलामा डुबेर एकको मृत्यु

पोखरा, ३ असार/ पोखरा १७ दोखिल्ला स्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्युको भएको छ ।

पोखरा १७ प्रगतिटोलका ४५ वर्षिय बुद्धि बहादुर नेपाली पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अचानक डुबेका नेपालीको स्थानियले उद्दार गरी उपचारको लागि गण्डकी मेडिकल कलेज लगेका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

कमेन्टहरु
Loading...