सामुदायिक सेवा केन्द्र वगरद्धारा स्वागत तथा विदाई

पोखरा, १४ मंसिर । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।वडा प्रहरी कार्यालयबाट सरुवा भई गएका प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठलाई विदाई र वडा प्रहरी कार्यालय वगरमा प्रमुख भई आएका प्रहरी निरीक्षक दिपक थापालाई स्वागत गरिएको हो ।श्रेष्ठ वगरबाट सरुवा भई ट्राफिक प्रहरी महाशाखा अपराध अनुसन्धान शाखा गएका हुन् भने थापा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट सरुवा भई वडा प्रहरी कार्यालय वगरमा आएका हुन् ।

त्यसैगरी कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. १ वडा सचिव कुलराज पौडेललाई पनि स्वागत गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. १ की वडा अध्यक्ष शारदा पराजुलीले लागु औषध कारोवारमा कास्कीको पनि नाम आएकोले यसलाई हटाउनका लागि प्रहरी अग्रसर रहनु पर्ने बताईन् ।कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक दिपक थापाले समाजको विकृति विसंगति न्यूनिकरण गर्न सामुदायिक सँग हातेमालो गर्ने बताए ।

‘समाज हुने गरेका विकृति विसंगनि न्यूनिकरण गर्नका लागि यहाँको समाजको नै सहयोग चाहिन्छ’,उनले भने,‘मेरो कार्यकाल भरी यहाँका सामुदायिकसँग सहकार्य गर्ने छु । यसमा सवैको साथको अपेक्षा गरेको छु ।’सरुवा भएका प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले यहाँको सामुदायिकको सहयोगले नै आफ्नो कार्यकाल सफल भएको बताए ।सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका सल्लाहकार विश्वमोहन गौचनले समुदाय र प्रहरीबीचको समन्वयबाट मात्रै शान्ति सुरक्षा कायम गर्न सकिने बताए ।सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष मनपति भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामभुषण पराजुलीले स्वागत र सचिव कल्पना आचार्य बास्तोलाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कमेन्टहरु
Loading...