‘मेरै अगाडी शक्तिशाली बम बिस्फोट भयो, भाग्यले जोगए’

सुशान्त गाहा मगर
पोखरा ८ फागुन/भाग्यमा बिश्वास नगर्ने म आज आफ्नै अगाडी शक्तिशाली बम बिस्फोट हुदासमेत बाचेपछि भाग्यलाई अङगाल्न पुगेको छु । भाग्यमा बिश्वास नगर्ने म भाग्य सम्म पुग्न भने कर्म नै गर्नुपर्छ भन्ने मान्यताका साथ पत्रकारिता गर्दै आईरहेको मलाई निरन्तर कलम चलाउन भाग्यले फेरी हौस्याएको छ ।

बिप्लब माओबादीले गरेको नेपाल बन्द बिशेष पत्रकारिताको मर्यादा र कर्तब्य पुरा गर्न सबेरै उठेर फिल्डतिर लागेको थिए अन्ततः भाग्यको परिभाषा बुझ्ने र भाग्यसँग नजिकिने मौका पाउन पुगेछु । बिहानको खाना पश्चात पोखराको अति ब्यस्त हुने चोकतिर नजर पु¥याउने र केही घटना घटेको खण्डमा रिपोर्टिङ गर्ने निधो सहित पृथ्वीचोक तिर हानिए ।

पृथ्वीचोकको सडक किनारमा नेपाल प्रहरीका सुरक्षाकर्मीहरु बाक्लो रुपमा तैनाथ देखे । त्यहा प्रहरीहरु गुनगुनाएको सुनेपछि नागढुगांको चोकमा संकास्पद बस्तु फेला परेको थाहा पाए । मोटरसाईकलमा हुईकिदै नागढुङ्गा पुगे, नेपाल प्रहरी तथा सशत्र प्रहरीहरु गाडी रोक्दै सर्बसाधारणहरुलाई सो संकास्पद बस्तु भएको ठाँउतिर जान रोकिरहेका थिए । मेला लागे जस्तो भिड देखिन्थ्यो, वरिपरीका सर्बसाधारण सबै त्रसित देखिन्थे ।

केही समय पछि नेपाल आर्मीको काली भञ्ज्याङ गण ई डिस्पोजल टोली त्यहा आईपुगे । संकास्पद बस्तुलाई बालुबाको बोराले घेरेसँगै डेटोनेटरको प्रयोगमा सो संकास्पद बस्तु सरल रुपमा निष्कृय पारे, सबै त्रासमुक्त भए । सोही स्थानमा रिर्पोटिङ गरिरहदा पोखरालेखनाथ महानगरपालिका वडा नं १४ स्थित बिजयपुरको पुलमा संकास्पद बस्तु देखा परेको खबर मेरो कानमा गञ्जियो ।

त्यहाबाट हतारिदै बिजयपुर तर्फ हुईकिए, मोटरसाईकल सुरक्षित ठाउँमा पार्क गरेसँगै क्यामेराको साथमा संकास्पद बस्तुतिर अगाडि बढे । सो बस्तु बिजयपुरको पुलको सँघारमै अज्ञात समुहले राखेका रहेछन । उक्त बस्तु भन्दा करिब १५ मिटरको दुरीमा रिपोर्टिङकै क्रममा पत्रकार गिता राना मगर, फोटो पत्रकार अनिश श्रेष्ठ, पत्रकार सन्देश श्रेष्ठ, युनिश गुरुङ र घनश्याम पाण्डे दाईलाई देखे, हास्दै सबैसँग हात मिलाए । त्यस ठाउँमा नेपाल प्रहरीको टोली मात्र देखिन्थे भने सर्बसाधारण तथा स्थानिय बासीहरु नेपाल आर्मीको डिस्पोजल टोलीको बेग्र प्रतिक्षामा देखिन्थे ।

घनश्याम पाण्डे
घनश्याम पाण्डे

पत्रकार सबैले सो संकास्पद बस्तुको फोटो र भिडियो कैद गर्दै नेपाल बन्द र सोको प्रभाबको बारेमा गफिदै थियौ, दिउसको ११ः ५० बजे अनयासै “बुडुङ्ङ” आबाज आयो, शक्तिशाली बम बिस्फोटको, सो ठाउँ सबै कुहीरो लागे जस्तो धुवाले डम्म भयो । आवाज सँगै मेरो दाया कानले सुन्ननै छोड्यो म एकदमै आत्तिए अझ त्यो भन्दा मलाई चिन्ता अन्य पत्रकारहरुको लाग्यो । धुवासँगै हल्लाखल्ला मच्चियो, धुवा छिचोल्दै अगाडी के बढेको थिए गण्डकी टेलिभिजनको संबाददाता घनश्याम पाण्डे दाईलाई टाउकोमा र घाँटीमा चोट लागेको देखे रगत्ताम्य भएको देख्नासाथ पत्रकार सन्देश श्रेष्ठको सहयोगमा हत्तपत्त ट्याक्सीमा राखेर घाईते पाण्डे दाईको उपचारको लागी गण्डकी मेडिकल कलेज पठाईयो ।

अहिले पत्रकार पाण्डे र सोही बिस्फोटमै परेर घाईते हुनुभएका नेपाल प्रहरीेका प्रहरी जवान कुल बहादुर खत्री समेत गण्डकी मेडिकल कलेजमा उपचाररत हुनुहन्छ । डाक्टरका अनुुसार दुबै खतरामुक्त रहनुभएको छ । घनश्याम दाई तथा प्रहरी जवान खत्रीलाई शिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछु भने उक्त घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गरियोस भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गर्न चाहान्छु ।

कमेन्टहरु
Loading...