सुत्केरी आमा र नवजात शिशुलाई महानगरको न्यानो कपडा

पोखरा १ असोज / पोखरा महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुलाई न्यानो झोला सेट (कपडा)

वितरण कार्यक्रम संचालन गरेको छ । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ को असारसम्मका

न्यानो कपडा वितरण कार्यक्रम संचालन गर्ने भएको छ । कार्यक्रमको पोखरा महानगरपालिकाका कार्यबाहक

प्रमुख मञ्जुदेवी गुरुङले पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठान(गण्डकी अस्पताल)मा सुत्केरी भएका महिलालाई

न्यायो झोला वितरण गरेर उद्घाटन गर्नुभयो ।

चालु आर्थिक वर्षमा महानगरभित्र संचालनमा रहेका तिन वटा सरकारी अस्पतालमा न्यानो कपडा वितरण

गरिने छ । पोखरा माहनगरपालिका वडा नम्वर १० मा रहेको गण्डकी अस्पताल, वडा नम्वर १६ मा रहेको

मातृशिशु मितेरी अस्पताल र शिशुवा अस्पातालमा सुत्केरी महिला र नवजात शिशुलाई न्यानो झोला

(कपडा)वितरण गरिने कार्यावाहक प्रमुख गुरुङले बताउनुभयो ।

‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मातृशिशु मितेरी अस्पताल र शिशुवा अस्पतालमा जन्मिने प्रत्येक नवजात

शिशु र सुत्केरी महिलालाई महानगरले न्यानो कपडा वितरण गर्ने छौ ।’

कार्यबाहक प्रमुख गुरुङले न्यानो कपडाको अभावमा सुत्केरी महिला र नवजात शिशुले समस्या भोग्नु नपरोस

भन्ने उद्देश्यले न्यानो कपडा वितरण कार्यक्रम संचालन गरिएको बताउनुभयो । सामान्य न्यानो कपडा नहुदा

नवजात शिशुमा विभिन्न खाले संक्रमण फैलने भएकाले त्यसलाई रोक्ने काम यसले भुमिका खेल्ने अपेक्षा

गरेका छौ उहाँले भन्नुभयो ।

महानगरले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ९ हजार र अन्य दुई अस्पतालमा एक हजार गरी १० हजार न्यानो

कपडा(झोला) वितरण गर्ने योजना रहेको महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी

दिनुभयो । कार्यक्रमको सुरुवात गदै महानगरका कार्यबाहक प्रमुख गुरुङले भन्नुभयो ‘अव सवै सामाग्रीको

ब्यवस्था महानगरले गर्छ र त्यसको वितरण अस्पताल आफैले गर्छन ।’ नवजात शिशुलाई आवश्यक भोटो, टोपी

र आमालाई समेत कपडा ब्यवस्था गरिएको र त्यसको मुल्य नौ सय रुपैयाँ पर्ने महानगरले जनाएको छ ।

कमेन्टहरु
Loading...