पोखराकी शुरती कक्षा १२ मा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल

पोखरा, १८ साउन / पोखराकी एक विद्यार्थीले कक्षा १२ मा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल भएकी छन् ।

पोखराको प्रतिभा सेकेन्डरी स्कुलबाट कक्षा १२ को परीक्षामा सहभागी भएकी शुरती पाण्डेले उत्कृष्ट जिपिए ल्याउदै नेपालमा उत्कृष्ट जिपिए ल्याएको दावी गरेकी छन् ।

शुरती पाण्डेले व्यवस्थपन विषयमा कक्षा १२ मा ३.९२ जिपिए ल्यान सफल भएकी थिइन् । यस वर्ष नेपाल भरबाट ३ जना विद्यार्थीले मात्रै ३.९२ जिपिए ल्यान सफल भएका थिए ।

उनले आफुले लक्ष्य निर्धारण गरेर अध्ययन गरेका कारण सफल बन्न सफल भएको बताइन् ।

कमेन्टहरु
Loading...