सोनाम ल्होछारमा विदाको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र

पोखरा, २१ माघ/ नेपाल तामाङ घेदुङ तमुवान–मगराँत प्रदेश(गण्डकी)ले सोनाम ल्होछारमा विदा घोषणा गर्न माग गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ ज्ञापन पत्र बुझाएको छ।

मुख्यमन्त्रीको कार्यकक्षमा तामाङ घेदुङ तमुवान–मगराँत प्रदेशका अध्यक्ष दीपक बाइवाले मुख्यमन्त्री गुरुङलाई गण्डकी प्रदेशमा माघ २२ गते सार्वजनिक विदाका लागि ज्ञापन पत्र बुझाउनुभएको हो।विदा मागका लागि नेपाल तामाङ घेदुङका पुर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङ, पुर्व केन्द्रीय कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङ, कास्की जिल्ला अध्यक्ष कृष्णबहादुर तितुङ, उपाध्यक्ष टेकबहादुर तामाङ लगायतको घेदुङको प्रतिनिधी मण्डल प्रदेश सरकारका मुख्यमन्त्री समक्ष पुग्नुभएको थियो।

ज्ञापन पत्र ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले आदिवासी जनजातिका मुख्य चाडमा दिदै आएको विदा संघीय सरकारले कटौती गर्नु गलत थियो, धेरै दवावका कारण सच्चाउदै अर्कोवर्षदेखि सोनाम ल्होछारमा पनि सार्वजनिक बिदा पाउने व्ष्यवस्था भइसकेकाले यसवर्ष प्रदेशमा विदाका लागि तयारी हुन नसकेको बताउनुभयो।तामाङ समुदायको मागप्रति आफु सकारात्मक रहे पनि प्राविधीक कारणले केही समस्या रहेको उहाँ भन्दै विदा मागबाट उम्कन खोजेको प्रतिनीधि मण्डलले दुःख व्यक्त गरेको छ।

घेदुङको ज्ञापनपत्रमा विविधताको मुलुकमा विविधता माथि विभेद भएको, लामो संघर्ष पछि प्राप्त सोनाम ल्होछार संघीय लोकतान्त्रिक गणतान्त्रिक ओली सरकारले कटौती गरेको, जनताको आन्दोलनहरुबाट स्थापित परिवर्तनहरु संस्थागत हुन नसकेको भन्दै ल्होछार विदा कटौती गरेर समुदायको सँस्कृति, सभ्यता, पहिचान, अधिकारको घाँटी रेडिएको भन्दै माघ २२ गते विदाका लागि माग गरिएको छ। यसैविच सोनाम ल्होछार माघ २२ गते प्रदेश नं.२ र प्रदेश नं.३ ले सार्वजनिक विदा घोषणा गरिसकेको छ।

कमेन्टहरु
Loading...