सामुदायिक सेवा केन्द्र बैदाममा भिम

पोखरा, १ भाद्र /सामुदायिक सेवा केन्द्र बैदामको अध्यक्षमा भिम पराजुली चयन भएका छन् । केन्द्रको हालै सम्पन्न आठौं अधिवेशनले उनको अध्यक्षतामा १५ सदस्यि कार्यसमिति चयन ग¥यो । समितिको उपाध्यक्षमा मिना भट्टराई, सचिवमा चेतनारायण पाण्डे, कोषाध्यक्षमा शुशिला पहारी तथा सह–सचिवमा गंगा लामिछाने चयन भए ।

भिम पराजुली
भिम पराजुली

समितिको सदस्यहरुमा नारायण प्रसाद सुबेदी, दिपेन्द्र पहारी, कासिराम भट्टराई,शेषकान्त शर्मा, उमा रेग्मी भण्डारी, शारदा भट्टराई, हरिराज पहारी, रमा लामिछाने, रमेशराज पहारी र गोबिन्द प्रसाद शर्मा पौडेल चयन भए । त्यसैगरि समितिको आमन्त्रित सदस्यहरुमा तुलसी दाहाल, दोर्जे लामा, दिनदयाल पाण्डे, विष्णुप्रसाद सुबेदी र विष्णु सिंखडा चयन भए ।

यसैविच नवनिर्वाचित अध्यक्ष भिम पराजुलीले केन्द्रले गर्दै आएको उत्कृष्ट र नियमित कार्यलाई निरन्तरता दिंदै नयाँ कार्ययोजनाहरु पनि ल्याउने जनाए । उनले बैदाम क्षेत्रमा देखिएको बिकृती विसंगति नियन्त्रण, छाडा चौपाया नियन्त्रण, अस्तव्यस्त बिजुली तथा केबुलका तार व्यवस्थापन, फोहोर व्यवस्थापन लगाएतमा ध्यान पु¥याइने बताए । त्यसैगरि पर्यटन सम्बध विभिन्न संघसंस्थाहरुसंग सहकार्य गर्दै ध्वनी प्रर्दषण नियमन्त्रणमा पहल गरिने बताए ।

होटल, रेष्टुरेष्ट तथा व्यक्तिका घरबाट निस्एिको ढलको पानी समेत फेवातालमा लगेर विसर्जन गरिने गुनासा सुन्नमा आएको भन्दै त्यसको अनुगमन गरिने र नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने पनि बताए । फेवा फुट ट्रयाकमा देखिने झोले व्यापारिलाई हटाउन पहल गरिने, फेवाताललाई कुरुप देखाएको जलकुम्भि नियन्त्रणक लगाएतका कार्यहरुलाई आफ्नों दुई वर्षिय कार्यकालमा प्राथमिकतामा राखने पनि नवनिर्वाचित अध्यक्ष पराजुलीले बताए ।

कमेन्टहरु
Loading...