शुक्रराज माविले बस सेवा सुरु गर्ने

पोखरा, १३ वैशाख/पोखरा महानगरपालिका २२, स्थित पुम्दी भुम्दी शुक्रराज माविले आफ्नै बस सेवा सुरु गरेको छ । बिद्यालयमा बिद्यार्थी आकषर्णको लागि विहिबार देखि आफ्नै स्कुलको बस सेवा सुरु गरिएको बिद्यालयका प्राचार्य नरनाथ बरालले बताए ।

बस सेवाको कारण बिद्यालयमा बिद्यार्थीहरुको सङख्या घट्दो रुपमा रहेकोले बिद्यार्थीको सुविधाको लागि बस सेवा संचालनमा ल्याएको उनले जनाए । कर छुट सहित उक्त ३७ सिटे टाटा कम्पनीको बस खरिद गर्द करिब २४ लाख खर्च लागेको बिद्यालयले जनाएको छ ।

उक्त बस सेवा संचालनको लागि तत्काल बिद्यालयले ब्याबस्थापन गरे पनि भुपु बिद्यार्थी मञ्चले यसको आर्थिक सहयोग गर्ने भएको मञ्चका अध्यक्ष बालकृष्ण बरालले बताए । उनले भने “ हामीले हाम्रा भूपु बिद्यार्थीसंग सहयोग संकलन गर्ने तयारीमा रहेका छौं, हाम्रो बिद्यालयमा हाम्रा भाइ बहिनी पढ्ने वातावरण सृजना गर्न पनि हामीले बस सेवा संचालन गरेका छौं । ” बिद्यालयले हालै सम्पन्न भएको स्वर्ण महोत्सवबाट बचत भएको करिब १० लाख र बाँकी बिद्यालयको आन्तरिक श्रोतबाट तत्तकाललाई बस खरिदमा लगानी भएको बिद्यालयले जनाएको छ ।

हाल बिद्यार्थीहरुलाई निःशुल्क रुपमा यातायात सेवा संचालन गरेको बताएका प्राचार्य बरालले केही समय पछि बिद्यार्थीसंग न्यूनतम शुल्क लिने, बाँकी आर्थिक यातायातको भार दाताबाट जोहो गर्ने जनाए । उनले “ पोखराको मुख्य बजार देखि नजिक रहेको हाम्रो सामुदायिक बिद्यालयमा अध्ययन गर्न चाहने केही बिद्यार्थीहरु यातायातको कारण अनेत्र जान थालेकोले हामीले आफ्नै गाँउ ठाउँमा गुणस्तरिय सेवा सहितको शिक्षा दिने उद्धेश्यले आफ्नै बिद्यालयको स्कुल बस सेवा यही नयाँ शैक्षिक सत्र देखि सुरु गरेका छौं । ”

उनका अनुसार पहिलो चरणमा पोखराको मुख्य बजार पृथ्बीचोक देखि पार्दी, छोरेपाटन, पोखरा भ्यूप्वाइट, डुलिबिडि, तिलाहार हुदै स्कुलसम्मको सेवा सुरु भएको छ । बिद्यालयमा प्राविधिक धारको बिषय पशु बिज्ञान संचालन हुदै आएको छ ।

बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद राम्जी बराल जिवनले सामुदायिक बिद्यालयमा पुरानै ढंगले संचालन गर्दा बिद्यार्थीहरुको आकषर्ण घट्दो रुपमा रहेकोले बिद्यालयले जेनतेन गरी आफ्नै स्कुल बस सेवा संचालन गरेको बताए । उनले आधुनिक शिक्षा प्रदान गर्न हरेक बिद्यार्थीलाई ल्याप्टप आवश्यक भएको बताए ।

यसै बिच विहिबार उक्त नयाँ बसलाई पुजा गरी सांसद बरालले औपचारिक बस सेवाको उद्घाटन समेत गरेकाछन्। बिद्यालयमा नर्सरी देखि १२ कक्षासम्म तथा प्राविधिक शिक्षामा गरी करिब २ सय ५० जना बिद्यार्थीहरु रहेको बिद्यालयका सहायक प्राचार्य दिपकराज पौडेलले बताए । ३३ बर्षका अनुभवी चालक भिमनाथ बास्तोला उक्त बसको चालक हुन्।

कमेन्टहरु
Loading...