शुक्रराज उच्च माविमा पशुपालन विषयमा कक्षा संचालन

पोखरा १६, माघ/कास्कीको पुम्दीको भुम्दी–५मा रहेको सुक्रराज उच्च माविको विहिबार ४५ औं बार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि उच्च माध्यामिक शिक्षा परिषद पोखराका प्रमुख रमेश अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै सामुदायिक बिद्यालयले अग्रेंजी माध्यमबाट पढाई संचालन गरेकोमा खुसि व्यक्त गर्दै आगामी बर्षमा अग्रेंजी माध्ययमबाट निमावि हुदै माविसम्म पुराउन आग्रह गरे ।

नर्सरीदेखि कक्षा पाँचसम्म अर्थात प्रावि स्तरमा सवै कक्षामा पुर्णरुपमा अगेंजी माध्यमबाट अध्यन अध्यापन संचालन भएको बिद्यालयका प्राचार्य नरनाथ बरालले बताए । बिद्यालयमा यसै शैक्षिक सत्र २०७० देखि प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन भएको छ । प्राविधिक शिक्षा तर्फ पशुपालन रहेको छ भने कास्कीकै पशुपालन सम्बन्धि पढाई हुने पहिलो बिद्यालय भएको छ । कक्षा ९ देखि टी–एसएलसी को रुपमा यसलाई लिने गरीन्छ । बिद्यालयमा हाल ४ सय बिद्यार्थीहरु रहेका छन । बिद्यालयमा शिक्षक कर्मचारी गरी ३४ जना रहेका छन ।

बिद्यार्थीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रमको साथमा नाटक समेत प्रदर्शन गरेका थिए । बिद्यालयमा करीब २० जनालाई छात्रबृत्ति समेत वितरण गरीएको थियो । बिद्यालयलाई आर्थिक एवं भौतिक सहयोग गरेको भन्दै विहिबार राजेश परियार र थमन परियार सम्मानित भएभने बोधराज पोडेल र होमप्रसाद बराल शिक्षहरुको तर्फबाट सम्मानित भए । सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख आमन्त्रीत व्यक्ति उच्च माध्यामिक शिक्षा परिषद पोखराका प्रमुख रमेश अधिकारी र बिद्यालयका प्राचार्य नरनाथ बरालले सम्मान पत्रको साथमा दोसला ओढाएर सम्मान गरेका हुन ।

बिद्यालय व्याबस्थापन समितिका कार्यबहाक अध्यक्ष निर्मला गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कागेंसबाट टिकप्रसाद गुरुङ, एमालेका मित्रलाल बराल, एमाओबादीका नवराज बराल, राष्ट्रिय जनमोर्चाका शंकर बराल, श्रोत व्यक्ति बोधराज भट्टराई, शिक्षक समिति सदस्य तारा पौडेल, शिक्षक नारायण मरासीनी, सोमनाथ पौडेल, बिद्यार्थी तृशना बराल, आरती बराल, बिद्यालय व्याबस्थापन समितिका सदस्य एंव जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, झलक बराल, हर्कबहादुर लामिछाने, लगायतले शिक्षाको बारेमा बोलेका थिए ।

कमेन्टहरु
Loading...