पोखरामा सडक महोत्वस शुरु, सरकार बुझाउन आतुर रहेको अर्थमन्त्री कोइरालाको भनाई

सागर राज तिमिल्सिना
पोखरा १३ पुष/अर्थमन्त्री शंकर कोइरालाले आफुहरु निवाचीतहरुलाई सरकार बुझाउन आतुर बताएका छन् । अग्रेजी नयाँ वर्ष अंग्रेजीको अवसरमा पोखरा आयोजना गरेको १५ औं सडक महोत्सबको उद्घाटन गर्दै मन्त्री कोइरालले आफुहरुलाई दिएको चुवावी जिम्मा पुरा गरेको बताउदै निर्वाची सरकारलाई सत्ता सुम्पन आफुहरु आतुर रहेको बताए । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन पोखराको आयोजनामा भएका महोत्सबमा अर्थमन्त्री कोईरालाले लिग बाहिर गएको राजनीतिलाई सरकारले लिगमा ल्याई सकेको बताउदै सरकार हस्तान्त्ररण गर्न आतुर रहेको बताए ।

street festivalअर्थमन्त्री कोईरालाले पोखरामा क्षेत्रीय अन्तराष्ट्रीय बिमानस्थल वनाउन सरकारले महोत्व दिएरै वजेट छुट्टाएको दाबि गरे । अर्थमन्त्री कोईरालाले थप जग्गाका लागी चाहीने बजेट पनि निकास भइृसकेको वताए । सभासद रबिन्द« अधिकारी, पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक लोकर्दशन रेग्मी, पोखरा पर्यटन परिषद्का अध्यक्ष सुर्य भुजेल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सजिव बहादुर कोइराल लगाएतले पोखरा बिमानस्थल निमार्णका लागीका कडा आन्दोलन गर्न समेत पोखरा वासि पछि नपर्ने वताए । सडक महोत्सबले नया बर्ष मनाउन पोखरा आउने पर्यटकको संख्या बर्षेनी बढ्दै गएको रेवानका अध्यक्ष गोपी वहादुर भट्राईले वताए ।

पर्यटकिय क्षेत्र लेकसाईडलाई दुलही झै सिंगारिएको छ । बिभिन्न रेष्टुरेण्टका तुल ब्यानरले पर्यटकिय क्षेत्र झकिझकाउ पारिएको छ । १५ बर्षदेखि प्रत्येक अंग्रेजी नया बर्षको अबसरमा आयोजना गरिदै आएको महोत्सबमा यस बर्ष आन्तरिक र बाह्य गरी करिब साढे ४ लाख दर्शक भित्रने अनुमान गरिएको छ ।

लेकसाईडको साढे ३ किलोमिटर क्षेत्रमा बिहान ११ देखि राति १ बजेसम्म महोत्सब सञ्चालन हुनेछ । महोत्सबको अबसरमा लेकसाईडका रेष्टुरेण्टमा बिशेष छुट समेत रहेको आयोजकको दावी छ । महोत्सब अबधिभर रेवानमा आबद्ध रेष्टुरेष्टका रेगुलर मेनुमा १० देखि १५ प्रतिशत सम्म छुटको ब्यबस्था गरिएको गरिएको छ ।

सडकमै खाऔ, सडकमै नाचौ, सडकमै रमाऔ भन्ने नारा सहित आयोजित महोत्सबमा खानाको परिकार संगै नेपालका पाचै बिकास क्षेत्रका सास्कृतिक प्रस्तुति गरिएको छ । विदेशी सागितक कार्यक्रम समेत रहेका छन् । सडक महोत्सबले पोखरा र यस आसपासको क्षेत्रको कला, सस्कृति, भेसभुषा जगेर्ना गर्नुको साथै पोखराका पर्यटक वढाउन महोत्सवले महत्वपुर्ण भुमिका खेलेको आयोजकको दावी छ । पोखराका होटलहरु पर्यटकले भरिभराउ छन् ।

कमेन्टहरु
Loading...