‘अब पोखरामा रगत अभावको समस्या आउने छैन’

पोखरा, १ मंसिर / रगत अभावमा अस्पतालमा भएका विरामीहरुले पनि कतिपय अवस्थामा ज्यान गुमाउन सक्ने स्थिती आउन सक्छ । अस्पताल होस् या ब्लड बैंकमापनि रगतको अभाव खड्किरहेको हुन्छ । रेडक्रसले गर्ने विभिन्न रक्तदानशिविरबाट संकलित रगतले पनि विरामीको आवश्यकता पुरा गर्न नसकि रहेको हुन्छ ।

यस्तो अवस्थामा सबैले केहि सामाजिक संजाल प्रयोगकर्तालाई गुहार माग्छन् । फेसबुक र ट्वीटर मार्फत ती प्रयोग कर्ताहरुले आफ्नो संजालभित्र रहेकात्यस्ताव्यक्तिहरु जोसँग विरामीको रगतग्रुप मिल्छ उनीहरुलाई उपलब्ध गराईदिन्छन् । अहिले यस्तो खाले रगतमिलाउने समूह सामाजिक संजालमानिकै सक्रिय छ ।

पोखरामा यस्तै एउटा समूह एकजुट भएर लाग्ने भएको छ । ‘स्टार्ट १८ स्टार्स टिम’ नामदिएर संगठनात्मक रुपमा यो समूहले अबपोखरा र आसपासका क्षेत्रमाकामगर्ने भएको हो । १८ वर्ष पुगेपछि हरेक व्यक्ति रक्तदानगर्न योग्यहुने र उसले रक्तदानगरिरहँदाअर्को व्यक्तिले जीवनपाईरहेको हुने भएकोले यस्तो खाले नामदिईएको समूहका अध्यक्ष हिमाल भट्टराईले बताए ।

शनिबार भएको केहि युवाहरुको भेलाले ७ सदस्यीय कार्यसमिति गठनगर्दै पोखरामा रगतको अभावनहोस् भनेर सामूहिक रुपमाकामगर्ने उद्देश्य राखेका छन् । कार्यसमितिको अध्यक्षमा हिमाल भट्टराई, उपाध्यक्षमा अनिल तिवारी, महासचिवमा अकृजा पोखरेल, सचिवमा असिम ढकाल, उपसचिवमा पुरञ्जन बजगाँई, कोषाध्यक्षमा मेनुका लुँईटेल र सह कोषाध्यक्षमा शिव आचार्य रहेका छन् ।

‘रगतअभावहुननदिने र रगतअभावमा कसैले ज्यानगुमाउननपर्ने अवस्था सृजनागर्नु हाम्रो लक्ष्यहो । र, सामूहिकप्रयासमाहामीले हाम्रो लक्ष्यलाई कहिल्यै छाड्नेछैनौँ ।’ समूहकामहासचिवअकृजापोखरेलले भनिन्–‘त्यो सँगै हामीले रक्तदानकालागिमानिसहरुलाई सचेतना फैलाउने र अन्यखालका सामाजिक सेवामुलकक्रियाकलापमापनि संलग्नता देखाउनेछौँ ।’

नेपाल स्वयंसेवक रक्तदाता समाजको भातृ संगठनको रुपमा रहने यो समूहले रगत संकलनसँगै आपतकालिन रक्तदाताको व्यवस्थापनको कामगर्ने जनाएको छ । शनिबारको भेलामा समाजकाअध्यक्षतीर्थराजअवस्थीको पनिउपस्थिती रहेको थियो ।

कमेन्टहरु
Loading...