बोलेर होइन गरेर देखाउने बेला छ

लक्ष्मण तिमिल्सिना

समय परिवर्तनशील छ भन्नेहरुको ठुलै जमात नै भेटिन्छ बजारमा । तर समयको महत्व धेरैले बुझेको हुदाहुदै पनि व्यवहारिकतामा भने फरक पन ज्यादा भेटिन्छ । जब सम्म हामीले घरमादाजु भाइको अंशबन्डा मिलाउ नन सकेर अड्डा अदालत धाउन छोड्दैनौ तबसम्म देश विकासको सपना भिटामिन खुलाएर मुसोलाई हातीबनाउनु सरह नै हो ,त्यो अधुरो नै हुनेछ।एक भित्ताजमिनको लागि आफ्नै दाजुभाई मिलेर रहन नसक्ने बाटै सम्वृद्धि आशा गर्नु लोकको कल्याणमा देख्दै देख्दिन । समाजमा पछिल्लो समय हुटिट्याउले आकाश थाम्छु , बरु यथार्थ बने जस्तो देखिन थालेको छ तर आकासै आफ्नो बिर्ता भन्नेहरु परिदृश्यमा फरक अनुभूतहुदै छन् ।

यसको माने यो होइनकी म पनि भन्दै छु हुटिट्याउले आकास थामि रहने छ । तर सानातिना समुदाय समुहहरुले बिकाशका लागि गरेको अपत्यारिलो पहल र प्रयास प्रशंसा योग्य नै छन् । त्यो बाहेक समाज निर्माणको लागि पहल गर्ने स्थानीय निकाय लामा ेसमय जनप्रतिनिधि बिहिन बन्दै गर्दा समाज विकास १५ वर्ष नै पछाडी परिसकेको छ बिकाश क्रममा । यौटा पुस्ताले बास्तविक बिकास देख्न नपाइ बुढौलि केन्द्रित भए । एकाथरि समाज बिकासका अगुवा त बने तर उनीहरुको इमान्दारिता कसैको स्वार्थपुर्तिको हस्ताक्षर बनेकोमाउनीहरु सोचने फुर्सद नै पाएनन ।

आज देशमा स्थानीय निकायको निर्वाचन लगभग सम्पन्न भैसकेको छ तर बिकास निर्माण जनताले चाहे जस्तो रातैमा असम्भब नै हो । तर पनि आशा जनप्रतिनिधि प्रति हुनु स्वाभाविक नै हो र हुन्छ पनि । स्थानीयतहको निर्वाचन त भएको छ तर संरचना बदलिएर, तसर्थ अबको पहिलो काम त स्थानीय निकायको आफ्नै नियम कानुन बनाएर अगाडी बढ्नु नै पहिलो चुनौती पूर्ण कदम हो नै हो, यसका अतिरिक्त समाजको आशा र चुनावमा बोलेका घोसणापत्रका पाना नपल्त्याउने हो भने तत्कालै हुने प्रदेश र केन्द्रीय तहको निर्वाचन चुनाव जितेकालाई पनि फलामकै चिउरा बन्ने छ । तसर्थ समयको सान्दर्भिकतामा पस्दै बोलेर मात्रहोइन गरेर देखाउने बेला आएको छ । चुनाबले पनि देखाई दिएको छजसको तर्क चार उसकै अधिकार ।

मेरा बाको दारिमा भगेराको गुड

दलहरुको चुनाबी घोसणापत्र यो वात्यो नभनीकन हेर्दा एकादुई छोडेर आशा बाडिएका छन्, सपनाहरु राते बिकासलाई सम्भवबनाउने खालका छन् तर व्यवहारिकता फरक पाटो हो । भए सम्म जनतालाई बिकास बादीबनाउन सपना देखाउनु जरुरी हो र राजनीतिक दलहरुले तेसै गरे । अब मेरा बाको दारीमा भागेराले गुडहाल्थ्यो भनेर जनताले बिस्वास नगर्न सक्छन, चातुर्य प्रस्तुत गर्न सक्ने हरु नै पुन सफल हुनेछन ।

मेरा बाको दारीमा भगेराले गुडहाल्ने कुरा साचै हो कसरी भन्दा मेरा बाले दारी लामो पारेर काट्नु हुन्थ्यो र दारीको ठुटा लगेर भगेराले गुडहाल्ने गर्थ्यो बुझाउनु जरुरि देखिन्छ । यति कुरा बुझाउन सकेमा जनता नेता कार्यकर्तालाई गालि गर्न खर्चिने समय बिकासको लागि दिने छन । नेतृत्वले बिकासको योजना तयारी गरि जनतालाई बिकाश निर्माणमा संगसंगै लिएर अगाडी बढ्नु जरुरि देखिन्छ ।

कछुवा र खरायोको दौडमा खरायो प्रथम

कछुवा र खरायोको दौडमा कछुवा प्रथम भयो भन्ने कथा सबैले सुनेकै हो तर एकपल्ट कछुवा र खरायोको दौडमा खरायो प्रथम भयो र यो कुरा यौटा बालाई चित्त बुझेंन र तत्कालै गएर सोधिहाले । कसरी यो सम्भबभयो ? तब खरायोले भन्यो हामि हाम्रा बाउ बाजेको गल्तिलाई दोहोराउने वाला छैनौ किन कि हामीले हाम्रा बाउ बाजेको गल्ति पाठ सिकिस केका छौ ।

खरायोको यो प्रश्नको जवाफ पछी बाअक्क न बक्क भए । यस्तै खालको समाजको बास्त विकता पनि परिवर्तित हुन जरुरी देखिन्छ । समाज रुपान्तरित गराउनु पर्ने जटिल परिबेशमा नेतृत्व बर्ग आफै परिवर्तित भइ अगाडी बड्न नसकेमा समाज पछाडी पर्ने कुरामादुइमत नै छैन ।

(अनेरास्ववियु कास्की जिल्ला उपाध्यक्ष)

 

कमेन्टहरु
Loading...