सृजनाको रजत महोत्सवमा विभिन्न व्यक्ति सम्मानीत

पोखरा, १५ मंसिर/ सृजना आवासीय माध्यमिक विद्यालय पोखरा ८ सिर्जनाचोकको रजतजयन्ती समारोह शनिबार सम्पन्न भएको छ ।
२०७४ मंसिर १६ देखि सुरुवात भएको महोत्सव २०७५ मंसिर १५ गते समापन भएको हो ।

संघीय सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले रजत जयन्तीको अवसरमा विद्यालयको स्थापनामा योगदान पु¥याएका शारदा प्रसाद सुवेदी, विष्णु प्रसाद बराल तथा लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेलाई दोशल्ला ओढाएर सम्मान गरे । मन्त्रीविकले रजतजयन्तीको अवसरमा प्रकासित स्मारिका सृजना आरोहणको समेत लोकापर्ण गरे ।

कार्यक्रममा मन्त्री विश्वकर्माले देशलाई चाहिने दक्ष जन जनशक्ति उत्पादन गरी शिक्षाको विकासमा विद्यालयको योगदान रहेको बताए । उनले धेरै मेहेनत गरेर अभिभावक तथा देशको सपना साकार पार्न विद्यार्थीलाई सुझाव दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिवनव राज पौडेल, राष्ट्रिय परिक्षा वोर्डका गण्डकी प्रदेश प्रमुख विष्णुनारायण श्रेष्ठ, प्याब्सनका गण्डकी प्रदेशका अध्यक्ष माधवशरण उपाध्याय, विद्यालयका संस्थापक प्राचार्य डोलराज पाण्डे, शिक्षक यादवराज उपाध्याय, विद्यार्थीहरु जानकीथापा, फिरोजखान, तमन्ना सुवेदी, विन्दु चालिसे लगायतले मन्तव्य राखेकाथिए ।

कार्यक्रममा लिटिल स्टेपमा.वि., निलगिरी मा.वि., लक्ष्मीआवासीयमा.वि. र नेशनलइन्भेन्टीभ मा.वि.का संस्थापक÷प्रचार्य क्रमशःपम्फा गुरुङ, रामु गुरुङ, लिलाप्रधान र उमा लामिछानेले शुभकामना दिएका थिए ।

कार्यक्रममा १० वर्ष भन्दा बढी सेवागर्ने शिक्षक तथा कर्मचारीलाई दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा खगेन्द्रराज बराल, प्रितमशंकर, सुशिला भजुेल, बालकृष्ण पाण्डे, रिताआचार्य, जीवन रेग्मी, बाबुराम के.सी., यादवराज उपाध्याय, रभि कार्की, शैलेन्द्र कुमार मलिक, गोपालथापा, राधा तिमिल्सिना, सरस्वती भुजेल, बिनाथापा, मुना गुरुङ, नगेन्द्र थापा, गोमाश्रेष्ठ, शम्भु परियार, अहमदअलिखान, रेखा सुवेदी, इन्दु के.सी. सन्तोष पौडेल, इन्द्रकुमार श्रेष्ठ, धमेन्द्र सिंह र सन्तोष विष्ट रहेको थिए ।

कार्यक्रममा रजत महोत्सवको अवसरमा सञ्चालन गरेको जिल्ला तथा प्रदेश स्तरीय निबन्ध लगायतका प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई शिल्ड, पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

कमेन्टहरु
Loading...