एसपी अशोक सिंहलाई प्रबल जनसेवी श्री पदक

पोखरा,२१ भदौ /कास्कीमा प्रहरी प्रमुखका भएर काम गरेका एसपी अशोक सिंहले ‘प्रबल जनसेवा श्री’ पदकबाट

विभूषित भएका छन् । सोमबार काठमाडौमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा

उत्कृष्ट योगदान दिएका व्यक्तित्वलाई विभूषित गर्ने क्रममा एसपी सिंहले पदक पाएका हुन् ।

कास्की रहदा निर्वाचनलाई शान्तिपुण गर्न सफल गरेको, अपराधीक क्रियाकला नियन्त्रण गरेको, महानगरीय

प्रहरी परिसर जावलाखेलमा रहदा गुण्डागर्दी, लागूऔषध जस्ता विभिन्न आपराधिक घटना नियन्त्रणमा गर्न

सफलमहत्वपुर्ण भूमिका खेलेका पदक दिएको हो ।

सिंह कास्कीमा रहदा जिल्ला प्रहरी कार्यालय कास्की प्रदेश ४ कै उत्कृष्ट कार्यालय र उनी उत्कृष्ट कार्यालय

प्रमुखका रुपमा पुरस्कृत भएका थिए । सिंह वैशाख अन्तिम साता कास्कीबाट महानगरिय प्रहरी कार्यलय विशेष

सुरक्षा महाशाखा काठमाण्डौंमा सरुवा भएका थिए ।

कमेन्टहरु
Loading...